फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा प्रशंसा गरिएका चिनियाँ बहादुरहरु

(GMT+08:00) 2020-09-30 20:58:07
जन गणतन्त्र चीन स्थापना भएको ७१ वर्षको विकास क्रममा अनेकन बहादुरहरुले चीनको पुन:उत्थानका लागि शानदार अध्याय लेखेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनदेखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका अध्यक्ष सी चिनफिङले विभिन्न ठाउँमा धेरै पटक चिनियाँ बहादुरहरुको प्रशंसा गर्नुभएको छ। यसका साथै उहाँले योगदान पुर्‍याएका बहादुरहरुको सम्झना गर्न, सम्मान गर्न, सिक्न र चासो राख्न सम्पूर्ण चिनियाँलाई आह्वान गर्नुभयो।

सन् २०२० मा आकस्मिक रुपमा देखा परेको नयाँ कोरोना भाइरस महामारीको प्रतिरोध गर्न असी वर्ष नाघेका जेठा चिकित्सा विशेषज्ञ चोङ नान शान फेरि चिनियाँहरुको दृष्टिकोणमा पर्नुभयो। १७ वर्षअघि उहाँले सार्स रोगको सक्रियताका साथ प्रतिरोध गर्नुभएको थियो। चालू वर्षको सेप्टेम्बर ८ तारिख नयाँ कोरोना भाइरस महामारीको प्रतिरोध सम्बन्धी पुरस्कार समारोहमा राष्ट्राध्यक्ष सी चिन फिङले चोङ नान शानलाई राष्ट्रिय सर्वोच्च सम्मान "जन गणतन्त्र पदक" दिनुभयो।

चालू वर्षको प्रारम्भमा महामारीको प्रतिरोध सम्बन्धी युद्धदेखि समस्त चीनमा लाखौं-लाख चिकित्साकर्मीहरुले वास्तविक गतिविधिमार्फत चिकित्साकर्मीको उदारता र माया देखाएका छन्। राष्ट्राध्यक्ष सीले उनीहरु नयाँ युगको सबैभन्दा मनोहर व्यक्ति रहेको भन्दै प्रशंसा गर्नुभयो।

चालू वर्षको जून महिनादेखि चीनका धेरै ठाउँमा प्राकृतिक प्रकोप देखापर्यो। यो सन् १९९८ देखि सबैभन्दा भयंकर बाढी पक्रोप थियो। अगष्ट १९ तारिख राष्ट्राध्यक्ष सीले विशेष गरी आन ह्वै प्रान्तीय ह फै शहरको बाँधमा गएर बाढी उद्धार गर्ने कर्मचारीहरुको हेरचाह गर्नुभयो।

बहादुरहरुको कथा र उनीहरुको भावना चीनलाई अघि बढाउने सशक्त शक्ति हो। जसबाट हामीले चीनको पुन:उत्थान सम्बन्धी चिनियाँ सपनालाई साकार तुल्याउन अथक प्रयास गर्ने छौं।

जानकारी तथा लेखहरु