फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङको चिनियाँ सपना

(GMT+08:00) 2020-09-30 20:58:51
चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशन सम्पन्न भएपछि भर्खरै नियुक्त हुनुभएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले चीनको सपना भन्ने नयाँ विचारधारा प्रस्तुत गर्दै त्यस विचारधारालाई भविष्यमा चीन विकास हुने नयाँ दिशाको रुपमा तोक्नुभएको थियो।

गत शताव्दीको ६० को दशकमा सी चिनफिङले पैचिङबाट पल्लो शान सीको सानो गाउँमा पुगेर स्थानीय आधारभूत तहका सिन्दाहरूसँगै ७ वर्षसम्म सुखदुःखको सामना गर्नुभएको थियो। त्यस अवधिको विशेषतायुक्त जीवनले सी चिनफिङका लागि पछि देशको प्रशासन गर्ने अभिलाषा अर्थात् जनताका लागि वास्तविक योगदान गर्ने दृढ अठोटलाई झन् बलियो पारेको थियो।

गत सन् २०१२ को नोभेम्बर २९ तारिखका दिन भर्खरै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव नियुक्त हुनुभएका सी चिनफिङले थेन आन मन चोकको पूर्व पट्टि अवस्थित राष्ट्रिय संग्रहालय आइपुगेर "पुनरुत्थानको बाटो" शीर्षकको प्रदर्शनीको अवलोकन गर्ने क्रममा पहिलो पल्ट "चीनको सपना" भन्ने नयाँ विचारधारा प्रस्तुत गर्नुभएको थियो।

चीनको सपना चीनको मात्र नभई विश्वको पनि हो। प्रत्येक भ्रमणको अवधिमा सी चिनफिङले बाह्य जगतसमक्ष चीनको सपनाको खास कथाको व्याख्या गर्ने गर्नुहुन्छ। उहाँले चीनको सपना र विश्वका विभिन्न मुलुकका आ-आफ्नो सुमधुर कल्पनालाई सम्पर्कमा राखेर चीनको सपनाको विश्वसमक्ष प्रकाश पार्ने गर्नुभएको छ। गत सन् २०१५ को सेप्टेम्बर महिनामा पहिलो पल्ट संयुक्त राष्ट्र संघको मुख्यालयको मञ्चमा उपस्थित हुनुभएका सी चिनफिङले दक्षिण दक्षिण सहयोग गोलमेच सम्मेलनमा सहभागी हुँदा समस्त विश्वसामु गम्भीरताका साथ चीनको सपना सम्बन्धी मानव जातिको गहिरो भावनाको पनि व्याख्या गर्नुभएको थियो।

जानकारी तथा लेखहरु