फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जातिवादको अफ्ठ्यारो स्थितिद्वारा "अमेरिकी शैलीको मानव अधिकार"को कपटी पोशाक उतारियो

(GMT+08:00) 2020-10-01 19:21:38

स्वीटरल्याण्डको जेनेभामा आयोजित संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ४५औं बैठकमा अमेरिकामा कोरोना भाइरस महामारीको प्रतिरोधमा देखा पर्ने क्रममा मानव अधिकारको उल्लंघन र जातीय भेदभाव सम्बन्धी थुप्रै समस्याहरुमा विभिन्न पक्षले चिन्ता व्यक्त गरेका छन्। धेरै मुलुकका प्रतिनिधिहरुले आफ्नो सम्बोधनमा अमेरिकासमक्ष मानव अधिकारका मामिलामा आधारभूत वास्तविकताको सम्मान गर्न ताकिता गर्दै मानव अधिकारबारे आफ्नो खराब स्थिति सही रुपमा मूल्यांकन गर्न आग्रह गरेका छन्। यसका साथै अमेरिकाका धेरै ठाउँहरुमा जातीय भेदभाव र प्रहरीको हिंसात्मक कारवाहीको विरुद्धमा निरन्तर रुपमा जुलुस प्रदर्शन भइरहेका छन्। जातिवादको असहज स्थितिले "अमेरिकी शैलीको मानव अधिकार"को कपटी पोशाक फटाइदिएको छ।

विगत लामो समयदेखि जातिय भेदभाव अमेरिकामा रहँदै आएको छ। जमिन प्राप्त गर्नका लागि अमेरिकाले आदिवासी इन्डियनहरुलाई ठूलो मात्रामा मारेको थियो। श्रम शक्ति पाउनका लागि अमेरिकाले अफ्रिकाबाट दास किनमेल गरेको थियो।

आकस्मिक रुपमा देखा परेको कोरोना भाइरस महामारीको सामु अमेरिकी सरकारको स्वार्थी र गैर-जिम्मेवार गतिविधिबाट करिब ७१ लाख अमेरिकीहरु संक्रमित हुनुका साथै २ लाख भन्दा बढी अमेरिकीको मृत्यु भएको छ। जसबाट अमेरिकामा जातीय भेदभाव निरन्तर रुपमा गम्भीर हुँदै आएको छ।

जानकारी तथा लेखहरु