|
|
|
|||||||||
|
||

सामान्य चिनियाँ परिवार जस्तै सी चिनफिङले चाड पर्व लगायतका महत्वपूर्ण उपलक्ष्यमा आफ्ना आफन्तहरूसित भेला भई फोटोद्वारा ती न्यानो र सुखमय क्षणहरू रेकर्ड गर्नुहुन्छ।
बाल्यकालदेखि सी चिनफिङकी आमा श्रीमती छी सिनले उहाँलाई प्रेरणात्मक ऐतिहासिक कथा सुनाउनुभएको थियो। देश र जनताका लागि अथक प्रयासमार्फत् समर्पित हुनु नै उहाँले आफ्नो जीवनभरि साकार तुल्याउन खोजेको दृढ लक्ष्य रहँदै आएको छ।

मायाले भरिपूर्ण परिवारका आफन्तहरू बीच भेला हुने अवसर कम भए तापनि जति टाढा भएपनि एकले अर्काको सम्झना गर्ने गर्दछन्। चिनियाँ कम्युनिष्ट पार्टी र देशका नेता बनेपछि शृंखलावद्ध महत्वपूर्ण राजकीय गतिविधिहरूमध्ये सी चिनफिङले सधैं आफ्नी श्रीमती फङ ली युआनसँगै मिलेर अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा चिनियाँ जनताले आफ्नो परिवारको निकै माया गर्ने परम्परागत भावनाको राम्ररी व्याख्या गर्ने गर्नुभएको छ।

मान्छेका लागि आफ्नो परिवार सबभन्दा सानो मुलुक हो भने ठूलो देश हजारौं परिवारबाट गठित घर हो। परिवारको माया गर्ने, परिवारमा राम्रो इज्जत कायम राख्ने र परिवारको राम्रो परम्परालाई उत्तराधिकार गर्ने विचारलाई सी चिनफिङले देशको प्रशासन गर्ने आफ्नो विचारधारा र वास्तविक गतिविधिमा गहन रुपमा उतार्दै आउनुभएको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||