फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा राष्ट्र संघको जैविक विविधता सम्बन्धी शिखर सम्मेलनलाई सम्बोधन

(GMT+08:00) 2020-10-01 19:30:06
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर ३० तारिख संयुक्त राष्ट्र संघको जैविक वस्तुको विविधता सम्बन्धी शिखर सम्मेलनमा भिडियोमार्फत महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले पर्यावरणको समृद्धिपछि मात्र सभ्यता समृद्ध हुनसक्ने कुरामा जोड दिनुभएको छ। मानव र प्रकृतिबीच मेलमिलापसँग व्यवहार गर्ने उपायको सर्वेक्षण गर्नुका साथै आर्थिक विकास र पर्यावरणीय संरक्षणको समन्वयात्मक एकीकरणलाई प्रवर्द्धन गरी सँगै मिलेर एउटा समृद्ध, सफा र सुमधुर विश्वको निर्माण गर्नुपर्ने कुरा पनि उहाँले औँल्याउनुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले विश्वको वातावरणीय खतराको चुनौतीको सामना गर्दा विभिन्न मुलुकहरू एउटै डुङ्गामा सवार भाग्यको एकरुपता भएकाले एकपक्षीयतावादले सबैको मन जित्न नसक्ने र सँगै मिलेर सहकार्य हुनु नै सही उपाय रहेको कुरामा जोड दिनुभएको छ।

संयुक्त राष्ट्र संघ केन्द्रित रहेको अन्तर्राष्ट्रिय प्रणालीको दृढताका साथ संरक्षण गर्ने, अन्तर्राष्ट्रिय नियमको गम्भिरता र आधिकारिताको संरक्षण गर्ने र विश्व वातावरणीय सञ्चालन स्तरलाई माथि उकास्ने कुरा पनि उहाँले औँल्याउनुभएको छ।

सम्बोधनका क्रममा राष्ट्राध्यक्ष सीले जैविक वस्तुको विविधता दिगो विकासको जग हुनुका साथै त्यसको लक्ष्य र साधन पनि हो भन्ने कुरामा जोड दिनुभएको छ।

यसैगरी राष्ट्राध्यक्ष सीले नयाँ कोरोना भाइरस महामारी हामीलाई मानव र प्रकृति भाग्यको समुदाय भएको भन्दै एकजुट भएर विकासको साथमा संरक्षण गर्नुपर्ने, तुरुन्तै गतिविधि चलाउनुपर्ने र मेलमिलापयुक्त सुन्दर घरबारको निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले जीव जन्तुको विविधता संरक्षणबारे छलफल गर्न आगामी वर्ष खुन मिङमा स्वागत गर्दै विभिन्न पक्षहरुबीच सन्तुलित, प्रभावकारी र कार्यान्वयन गर्नसक्ने गतिविधिको प्रारुप सम्पन्न हुनसक्ने अपेक्षा गर्नुभएको छ।

चीनले आगामी वर्ष खुनमिङ शहरमा "जीव जन्तुको विविधता सम्बन्धी सन्धि"का पक्ष राष्ट्रहरूको १५औं बैठकको आयोजना गर्ने भएको छ। अध्यक्ष मुलुकको हैसियतले जीव जन्तुको विविधताको व्यवस्थापन र पर्यावरणीय सभ्यताको निर्माण सम्बन्धी अनुभव विभिन्न पक्षसँग बाँड्न चीन इच्छुक रहेको सीले औंल्याउनुभयो।

जानकारी तथा लेखहरु