फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चिनियाँ अनुभव"बाट विश्वको पर्यावरणीय संरक्षणका लागि सकारात्मक शक्ति थपिने

(GMT+08:00) 2020-10-01 19:31:03

"हामीले एकतावद्ध भएर वास्तविक कदम चाल्दै विकास क्रमलाई संरक्षण गर्नुका साथै संरक्षण गर्ने क्रममा विकास गर्ने तरिकामार्फत मानव र प्रकृति बीच मेलमिलापयुक्त घरबारको निर्माण गर्नुपर्छ।" सेप्टेम्बर ३० तारिख आयोजित संयुक्त राष्ट्र संघको जैविक वस्तुको विविधता सम्बन्धी शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत महत्वपूर्ण सम्बोधन गर्दै ४ वटा प्रस्ताव प्रस्तुत गर्नुका साथै ३ वटा अनुभवबारे समस्त विश्वसँग बाँडफाँड गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा चीनको कार्बन निष्काशन लक्ष्यलाई दोहर्‍याउनुका साथै बहुपक्षीयतावादद्वारा विश्व वातावरणीय व्यवस्थापनको शक्तिलाई जम्मेवारी लिन आह्वान गर्नुभएको छ। उहाँले प्रस्तुत गर्नुभएको प्रस्ताव र चिनियाँ अनुभवले विश्वको पर्यावरणीय सभ्यताको निर्माणलाई अघि बढाउनका लागि जिवन्त शक्ति थपिदिएकाले अन्तर्राष्ट्रिय समाजले त्यसको उच्च मूल्याङ्कन गरेको छ।

जानकारी तथा लेखहरु