फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ#यस वर्षको अन्त्यतिर तिब्बत चीनका अरू क्षेत्रसँगसँगै सकारात्मक रूपमा सम्पन्न समाजमा प्रवेश हुने

(GMT+08:00) 2020-10-02 16:34:25

नयाँ चीनको स्थापना भएपछि नेपालसित जोडिएको चीनको तिब्बतको ठूलो विकास हुँदैआएको छ। चीन सरकारले धेरै महत्व दिँदै विशेष गरी"बाह्रौँ पञ्च वर्षीय"तथा "तेह्रौँ पञ्च वर्षीय" योजनाको अवधिमा लगाएको लगानीको रकम दश खर्ब युआन पुगेको छ। तिब्बतको शान्तिपूर्ण मुक्तिअघि त्यहाँ कुनै पनि राजमार्ग थिएन। अहिले रेलमार्ग, वायुमार्ग तथा सडकमार्ग देखा परेपछि यातायात एकदमै सुविधाजनक भएको छ। सन् १९५९ मा अन्नबालीको उत्पादित मात्रा १ लाख ८२ हजार ९ सय टन मात्र थियो। सन् २०१८ जूनसम्म आइपुग्दा १० लाख ४९ हजार टन पुगेको थियो। साथै सन् २०१८ मा सारा तिब्बतमा बिजुलीको कूल क्षमता ३३ लाख ३० हजार किलोवाट पुगेको छ। हाल तिब्बतको विभिन्न क्षेत्रले ऐतिहासिक उपलब्धि हासिल गरी एउटा नयाँ तिब्बत विश्वसामु देखाएको छ।

तिब्बतको गरिबी निवारण कार्यले पनि ठूलो उपलब्धि हासिल गरेको छ। प्राप्त जानकारीअनुसार, गत वर्षसम्म सत्तरी प्रतिशतभन्दा बढी गरिब जिल्लाको गरिबी निवारण भइसकेको छ र असी प्रतिशत गरिब जनता गरिबीमुक्त भइसकेका छन्। गरिबी दर ६% भन्दा कम भएको छ।

गरिबी निवारणका लागि फरक अवस्थामा फरक कदम चाल्नुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत तिब्बत शाखाका सचिव उ यिङ च्येले सन् २०१९ को सेप्टेम्बर महिनामा चीनको राज्य परिषद्को पत्रकार सम्मेलनमा बोल्दै तिब्बतको भूभाग फराकिलो भएको र मान्छेको सँख्या पातलो भएका कारण गरिबीको ठोस् अवस्था बारे जानकारी लिने काम र कार्यान्वयनको काम एकदमै महत्व भएको बताउनुभएको छ। साथै निष्ठापूर्वक सबै गरिबी परिवारको अवस्थाबमोजिम विभाजन गरेको पनि उहाँले बताउनुभएको थियो। यसैगरी तिब्बतले लगातार तीन वर्षमा चीनमा गरिबी निवारणसम्बन्धी परीक्षामा समष्टिगत रूपमा उत्कृष्ठ मूल्याँकन पाएको छ।

तिब्बतको गरिबी निवारण मुख्य गरी उद्योगमा भर परेको छ। हाल धेरै जसो विशेष उद्योगहरू हिउँदे पठार-भूमिमा स्थापना गरिएको छ। जसबाट बढीभन्दा बढी सर्वसाधारण सम्पन्न बन्दैगएका छन्। प्राप्त जानकारीअनुसार, तिब्बतले कृषि तथा पशुपालनतर्फ जौ उद्योग, याक उद्योग र पर्यटकीय तथा सांस्कृतिक उद्योगको विकासलाई महत्व दिएको छ। सचिव उ यिङ च्येले दिनुभएको जानकारीअनुसार, गत वर्षसम्म, चीन सरकारले यी उद्योगको विकासका लागि प्रदान गरेको रकमको परिमाण ५० अर्ब युआन पुगेको छ।

यसै गरी अरू इकाइले पनि तिब्बतलाई धेरै सहायता गरेको छ। यसमा चीनका १७ वटा प्रान्त तथा शहर, १८ वटा केन्द्रीय ठूलो व्यवसाय र विभिन्न मन्त्रालय समावेश छन्। तिब्बतलाई दिइएको अधिकाँश सहायता रकम गरिब परिवार तथा गरिब सर्वसाधारणलाई वितरण गरिन्छ।

यसर्थ चीन सरकारको समर्थन तथा अरू इकाइको सहायतामा तिब्बतको ठूलो विकास भई यस वर्षको अन्त्यतिर तिब्बत अवश्य पनि चीनका अरू क्षेत्रसँगसँगै सकारात्मक रूपमा सम्पन्न समाजमा प्रवेश हुने छ।

जानकारी तथा लेखहरु