फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चिनियाँ क्रियाकलाप" विश्वमा लैङ्गिक समानताका लागि एउटा महत्वपूर्ण प्रेरक शक्ति

(GMT+08:00) 2020-10-02 17:45:31

"महिलाहरु मानव जातिको सभ्यताकी संस्थापक हुनुका साथै सामाजिक प्रगतिलाई अघि बढाउने व्यक्तिहरु हुन् र यिनीहरु विभिन्न कार्यमा असामान्य उपलव्धि प्राप्त गर्छन्। " अक्टोबर १ तारिख पैचिङ विश्व महिला सम्मेलनको २५औं वर्ष स्मृतिमा संयुक्त राष्ट्र संघको महासभाको उच्च स्तरीय सम्मेलनमा चीन सर्वोच्च नेता सी चिनफिङले उक्त महत्वपूर्ण मन्तव्य दिनुभएको हो। उहाँले नयाँ कोरोना भाइरस महामारीको प्रतिरोध गर्ने निर्णायक घडीमा महिला कर्मचारीहरुको लगनशील भावनाको उच्च प्रशंसा गर्नुका साथै विश्वमा महिला सम्बन्धी कार्यको विकासका लागि ४ सूत्रीय अवधारणा प्रस्तुत गरी आगामी पाँच वर्षभित्र विश्वको महिला कार्यको समर्थनका लागि चीनको ठोस क्रियाकलाप घोषणा गर्नुभयो। यी अनेकन धारणा र क्रियाकलापहरुले विश्वमा छिटै लैङ्गिक समानता र महिलाहरुको हक-हितको संरक्षणका लागि दिशा देखाउनुका साथै सबल प्रेरक शक्ति पुर्‍याएका छन्।

चालू वर्ष पैचिङ विश्व महिला सम्मेलनको २५औं वर्ष हुनुका साथै विश्व महिला शिखर सम्मेलनको पाँचौं वर्ष पनि हो। महिलाहरुको विकास कार्यका लागि महत्वपूर्ण कोसेढुंगा भएका यी दुई वटा सम्मेलनले महिलाहरुको अधिकारको संरक्षण, महिलाहरुका मुक्ति र प्रगतिका लागि गहिरो असर पारेका थिए। राष्ट्राध्यक्ष सीद्वारा यस पटकको शिखर सम्मेलनमा प्रस्तुत गरिएका चार सूत्रीय अवधारणाले यी दुई सम्मेलनको भावनाको निरन्तरता दिनुका साथै नयाँ कोरोना भाइरस महामारीको विशेष पृष्ठभूमिमा वर्तमान युग अनुकूल रहेको चिनियाँ प्रस्ताव प्रस्तुत गरेको छ।

जानकारी तथा लेखहरु