फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिलाहरुलाई महामारीको प्रभावबाट जोगाउन सहयोग गर्नुपर्ने राष्ट्राध्यक्ष सीको भनाई

(GMT+08:00) 2020-10-02 20:11:43
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अक्टोबर १ तारिख पैचिङ विश्व महिला सम्मेलनको २५औं वर्ष सम्झनामा संयुक्त राष्ट्र संघको महासभाको उच्च स्तरीय सम्मेलनलाई भिडियो सम्बोधन गर्दै महिलाहरुलाई महामारीको प्रभावबाट जोगाउन सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले पहिलो पंक्तिका महिला चिकित्साकर्मीहरुको स्वास्थ्य, सामाजिक र मानसिक मांग र काम गर्ने वातावरणलाई चासो दिनुपर्ने, महिला र बालिकाहरुको हक-हितको संरक्षणलाई सार्वजनिक स्वास्थ्य र पुन:उत्पादन कार्यमा महत्वपूर्ण स्थानमा राख्नुपर्ने, विशेष गरी महिलाहरुको रोजगारी र उनीहरुको हित उल्लंघनका गतिविधि नियन्त्रण गर्नुपर्ने, सामाजिक सेवालाई सबल पारी गर्भवती महिलाहरु र बाल-बालिकाहरुलाई प्राथमिकता दिनुपर्ने औंल्याउनुभयो।

जानकारी तथा लेखहरु