फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# अमेरिकामा वीच्याट बन्द गर्न हुन्छ कि हुँदैन?

(GMT+08:00) 2020-10-03 19:24:55

सेप्टेम्बर १९ तारिखका दिन संयुक्त राज्य अमेरिकामा बसोवास गर्ने धेरै चिनियाँहरुले अब वीच्याट उपलब्ध नहुने हो कि भनेर चिन्ता व्यक्त गरेका थिए। तर २० तारिखका दिन धेरै अमेरिकी मिडियाले सार्वजनिक गरेको समाचार अनुसार, अमेरिकी सरकारले वीच्याटमाथि लगाएको प्रतिबन्धलाई एक न्यायाधीशले निलम्बन गरेका छन्।

अगस्ट ६ मा अमेरिकी राष्ट्रपति ट्रम्पले ४५ दिन भित्र अमेरिकामा व्यक्ति वा निकायलाई टेन्सेन्ट होल्डिंग र यसका सहायक कम्पनीहरूसँग वीच्याट सम्बन्धित लेनदेन गर्न प्रतिबन्ध गरिने बताएका थिए।

अमेरिकामा वीच्याट चलाउने मानिसको सँख्या १ करोड ९० लाख छ। तर त्यहाँका अमेरिकी कम्पनीहरु, साना व्यवसायहरु, र प्रयोगकर्ताहरु सबैले विरोध गरिरहेका छन्। अमेरिकी वीच्याट प्रयोगकर्ताहरूले "अमेरिकी वीच्याट प्रयोगकर्ता फेडरेशन" नामको गैर नाफामुखी संस्था पनि स्थापना गरी अपील गरिरहेका छन्।

यसै क्रममा प्रतिबन्ध कार्यान्वयन हुनुभन्दा अघि क्यालिफोर्नियाको एक अदालतले आपतकालीन सुनुवाई पनि गरेको थियो। न्यायाधीशले औपचारिक रूपमा संयुक्त राज्य अमेरिकामा यो प्रतिबन्धको कार्यान्वयनमा प्रतिबन्ध लगाउन आदेश जारी गरे।

यस "निर्णायक लडाइँ" मा, अमेरिकामा बसोबास गर्ने चिनियाँहरुले अस्थायी विजय हासिल गरेका छन्।

साधारण चिनियाँ प्रयोगकर्ताहरूका लागि वीच्याट साथीहरुसँग कुराकानी गर्ने माध्यम हो। तर वीच्याट मार्फत व्यापार गर्नेका लागि वीच्याटले उनीहरुको जीवनमा ठूलो भूमिका निर्वाह गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले प्रशासनिक माध्यमबाट आममानिसहरुको जीवनसँगै आर्थिक तथा अन्तर्राष्ट्रिय बजारमा हस्तक्षेप गर्नु सही होइन।

जानकारी तथा लेखहरु