फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय दिवसको दोस्रो दिन चीनद्वारा १९ करोड ८० लाख स्वदेशी पर्यटकको सत्कार

(GMT+08:00) 2020-10-03 19:25:34
अक्टोबर २ तारिख चीनको राष्ट्रिय दिवसका लागि ८ दिने छुट्टीको दोस्रो दिन हो। प्राप्त तथ्यांक अनुसार, अक्टोबर २ तारिख चीनले १९ करोड ८० लाख स्वदेशी पर्यटकको सत्कार गरेको छ, जुन गत वर्षको सोही दिनको तुलनामा ८०.३ प्रतिशत रहेको छ। अक्टोबर २ तारिख पर्यटन सम्बन्धी आय ७६ अर्ब ५१ करोड चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोही दिनको तुलनामा ६९.५ प्रतिशत रहेको छ।

राष्ट्रिय दिवसको दोस्रो दिन निजी सवारीसाधनबाट यात्रा गर्नेहरुको संख्या धेरै मात्रामा बढेतापनि चीनको राजमार्ग सञ्जालको संचालन स्थिर रहेको थियो। रेलमार्गबाट यात्रा गर्ने यात्रुहरुको संख्या पनि बढी थियो। अस्ति अक्टोबर १ तारिख चीनको रेलमार्गबाट आवतजावत गरेका यात्रुहरुको संख्या १ करोड ५० लाख ९० नब्बे हजार पुगेको थियो। जुन कोरोना भाइरस महामारीदेखि रेलमार्गबाट यात्रा गर्ने नयाँ कीर्तिमान सिर्जना भएको थियो।

जानकारी तथा लेखहरु