फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पर्यटन बजारको पुन:उत्थान

(GMT+08:00) 2020-10-03 19:25:59
अक्टोबर २ तारिख अर्थात् राष्ट्रिय दिवसको दोस्रो दिनसम्म चीनले कूल २० करोड ५० लाख पर्यटकको सत्कार गरेको छ। अक्टोबर १ तारिखदेखि शाङहाई, पैचिङ, स्-छ्वान, क्वाङ्तुङ लगायत प्रान्तहरुका दृश्यवलोकन स्थलले सत्कार गरेका पर्यटकहरुको संख्या १० लाख भन्दा बढी पुगेको छ। अस्ति अक्टोबर १ तारिख चीनको रेलमार्गबाट आवातजावत गरेका यात्रुहरुको संख्या १ करोड ५० लाख ९० नब्बे हजार पुगेको थियो। जुन कोरोना भाइरस महामारीदेखि रेलमार्गबाट यात्रा गर्ने नयाँ कीर्तिमान सिर्जना भएको थियो। यस लामो छुट्टीको अवधिमा विमानद्वारा यात्रा गर्ने पर्यटकहरुको संख्या १ करोड ५० लाख भन्दा बढी पुग्ने र जुन विगत राष्ट्रिय दिवसको तुलनामा नयाँ कीर्तिमान सिर्जना हुने अनुमान छ।

विदेशको यात्रा गर्ने चिनियाँ पर्यटकहरुको संख्या विगत धेरै वर्षदेखि विश्वको पहिलो स्थानमा रहेको छ। तथापि चालू वर्ष कोरोना भाइरस महामारीको प्रभावमा विदेशको यात्रा गर्ने चिनियाँ पर्यटकहरुको संख्या शून्यजस्तै रहेको छ। धेरै चिनियाँ पर्यटकहरुको नजर स्वदेशले फिर्ता लिएको छ। यो ट्राभल एजेन्सीका लागि पनि एउटा परीक्षा हो।

विभिन्न स्तरीय सरकारको उच्च महत्वमा चालू वर्षको विशेष पृष्ठभूमिमा तिनीहरुले महामारीको प्रतिरोधको अवधिमा पर्यटनका लागि धेरै काम गरी ठूलो प्रगति हासिल गरेका छन्। पर्यटन बजार राष्ट्रिय दिवसको अवधिमा तीव्र गतिले पुन:उत्थान भएको कुराले पर्यटन क्षेत्रको विश्वासलाई बढाउनुका साथै पर्यटन विकास गर्न विभिन्न ठाउँका सरकारहरुको विश्वासलाई पनि हौसला दिएको छ।

जानकारी तथा लेखहरु