फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विकासको नयाँ प्रारुपबाट विश्व अर्थतन्त्रको पुन:उत्थानका लागि जिवन्त शक्ति थपिने

(GMT+08:00) 2020-10-03 19:27:28

यस वर्षको चीनको राष्ट्रिय दिवस र चन्द्रमा दिवसको लामो बिदामा महामारी प्रतिरोध क्रममा सकारात्मक प्रगति प्राप्त गरेका चिनियाँ जनताको उपभोग उत्साह एकदमै उच्च रहेको देखिन्छ। चीनको सँस्कृति तथा पर्यटन मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार, लामो बिदाको पहिलो दिनमा सारा विश्वमा घुमेका देशी र विदेशी पर्यटकको कुल संख्या ९ करोड ७० लाख पुगेको छ भने ७६ अर्ब ६५ करोड चिनियाँ युआनको पर्यटन आम्दनीको सिर्जना गरिएको छ। त्यसबाट के प्रमाणित गरिएको छ भने निरन्तर रुपमा पुन:समृद्ध हुँदै आएको उपभोगबाट चीन क्रमश: देशभित्रको ठूलो चक्रवद्ध मुख्य रहेको र देशभित्र र बाहिरका दोहोरो चक्रबद्ध हुने विकासको नयाँ प्रारुप बन्न सघाउ पुग्नेछ।

गत सन् २००८ अन्तर्राष्ट्रिय बैकिङ संकट देखा परेयता विश्व अर्थतन्त्र सधैं नै गहन रुपमा समन्वयको अवधिमा रहँदै आएको देखिन्छ। यसबाहेक वर्तमान नयाँ कोरोना महामारी, एकपक्षीयतावाद र संरक्षणवादले विश्व उत्पादन व्यवसायको आपूर्ति लाईनलाई नकारात्मक प्रभाव पारेपछि विश्व अर्थतन्त्रको पुन:उत्थानको बाटोमा निकै जटिल र अप्ठ्यारो तत्वहरू मौजुद रहेका छन्। यस्तो अवस्थामा चीनको अर्थतन्त्रले उज्यालो र सकारात्मक वातावरणको सिर्जना गरेको छ। विशेषत: गत अगष्ट महिनामा धेरै आर्थिक डाटा पहिलेभन्दा राम्रो परिवर्तित भएको अवस्थाले विश्व अर्थतन्त्रका लागि नयाँ आशा पनि ल्याएको छ।

७१ वर्ष बितिसकेपछि नयाँ चीन फेरि एउटा नयाँ ऐतिहासिक शुरुवातमा उभिएको छ। अब उपरान्त चीनले प्रयासमार्फत विकास हुने नयाँ प्रारुपको निर्माण गर्नुका साथै निरन्तर रुपमा चीनको आर्थिक विकासका लागि मार्ग प्रशस्त गर्दै जाने र विश्व अर्थतन्त्रको पुन:उत्थानका लागि जिवन्त शक्ति थपिदिंदै जानेछ।

जानकारी तथा लेखहरु