फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र युरोपियन युनियनबीचको बैठकमा दुईपक्षीय सहयोगबारे छलफल

(GMT+08:00) 2020-10-04 16:06:17
नेपाल र युरोपियन युनियन (ईयू)को संयुक्त आयोगको १२औँ बैठकमा दुईपक्षीय सहयोगका बारेमा गहन छलफल भएको छ । छलफल आपसी चासोका विषयमा सौहार्दपूर्ण, निष्पक्ष र रचनात्मक वातावरणमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबारको भर्चुअल छलफल विशेष गरी कोरोना भाइरस (कोभिड–१९) महामारी र त्यसको सामाजिक तथा आर्थिक प्रभावका बारेमा केन्द्रित रह्यो । ईयूले गत अप्रिलमा नै नेपालको अर्थतन्त्र र श्रमको मागलाई प्रोत्साहित गर्नेगरी १० अर्ब रुपियाँभन्दा बढी (७५ मिलियन युरो) बराबरको सहयोगको प्याकेज तयार पारेको थियो । जसले जनताको आय बढाउन थप सहयोग पुर्याउने अपेक्षा गरिएको गोरखापत्र अनलाइनमा खबर छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूटीओ) यस महामारीको समस्या समाधान गर्न सामूहिक प्रयासमा केन्द्रित रहेकोमा जोड दिइएको थियो । नेपाल र ईयूले भविष्यको महामारी रोकथाम गर्न र त्यसको प्रभावकारी कार्यान्वयन गर्न विश्वव्यापी क्षमता सुदृढ पार्नुपर्ने र भविष्यमा खोप विश्वभर सहज उपलब्ध हुन आवश्यक रहेकोमा सहमति जनाएको मन्त्रालयले जनाएको छ । नेपालले ईयूका तर्फबाट जी–२० ऋण सहयोगका लागि गरेको बलियो सहयोग र अर्को वर्षसमेत त्यसको निरन्तरताका लागि गरेको सहयोगको स्वागत गर्यो।

जानकारी तथा लेखहरु