फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीका कारण ७ महिनादेखि प्रभावित हिमाली क्षेत्र पोखरा–जोमसोम हवाई सेवा पुनःचलाउने पहल

(GMT+08:00) 2020-10-04 16:06:42
विश्वव्यापी माहामारीका कारण ७ महिना अघिबाट प्रभावित बनेको पोखरा–जोमसोम हवाई उडान पुनः सञ्चालन गराउने पहल भएको छ। यसका लागि मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन र गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टसहितको टोलीले सोमबार तारा एअरलाइन्स कम्पनी र समिट एअरलाइन्स कम्पनीलाई पोखरामा यस्तो प्रस्ताव बुझाएका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले असोज १ देखि मुलुकभर आन्तरिक हवाई उडान तथा लामोदूरीको यातायात सञ्चालन गर्नसक्ने जनाए पनि पोखरा–जोमसोम हवाई उडान अझै सञ्चालनमा आउन नसकेको हो। यस्तै, बाढिपहिरो र नदी कटानले बेनी/जोमसोम लामोदूरीको यातायात सेवा सञ्चालन गर्न अप्ठ्यारो पर्दै आएको छ। प्राकृतिक प्रकोपका कारण निरन्तर सडक अवरुद्ध हुने गरेको र हवाई सेवासमेत ठप्प भएकाले अत्यावश्यक कामकाजका लागि मुस्ताङ आउजाउ गर्ने स्थानीय यात्रु तथा बिरामीलाई थप उपचारका लागि पोखरा लैजान समस्या परेको छ। सरकारको निर्णयबमोजिम मुस्ताङमा पनि हवाई उडान सञ्चालनमा ल्याउन सोमबार एअरलाइन्स कम्पनीका पोखरा प्रतिनिधिबीच छलफल गरिएको थियो।

हवाई सेवा सञ्चालनविहीन हुँदा मुस्ताङी जनताले बिरामी उपचार र अत्यावश्यकीय कामकाजका लागि विभिन्न कष्ट झेल्नुपरेको छ। होटल व्यवसायी अलमलमा मुस्ताङका होटल व्यवसायी यतिबेला होटल खोल्ने विषयमा अलमलमा परेको पाइएको अन्नपूर्णपोस्टले जनाएको छ।

जानकारी तथा लेखहरु