फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-बंगलादेशबीच दौत्य सम्बन्धको ४५औं वार्षिकोत्सवमा राष्ट्राध्यक्ष सी र बंगाली समकक्षी हामिदबीच बधाई साटासाट

(GMT+08:00) 2020-10-04 18:27:59
चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र बंगलादेशका राष्ट्रपति अब्दुला हामिदले अक्टोबर ४ तारिख चीन-बंगलादेश सम्बन्ध स्थापित भएको ४५औं वार्षिकोत्सवको उपलक्ष्यमा एक-अर्कालाई बधाई सन्देश पठाउनुभएको छ।

सो सन्देशमा राष्ट्राध्यक्ष सीले चीन-बंगलादेश मित्रताको इतिहास लामो रहेको भन्दै दौत्य सम्बन्ध स्थापनाको ४५ वर्षदेखि दुई देशले आपसी सम्मान र समानताको आधारमा एक-अर्कालाई व्यवहार गरी, आपसी राजनीतिक विश्वास बढाएर आपसी हितयुक्त सहयोगलाई गहन पारी दुई मुलुकका जनताका लागि वास्तविक हित-कल्याण ल्याएका बताउनुभयो।

नयाँ कोरोना भाइरस महामारी देखा परेयता दुवै मुलुकले सँगै मिलेर सहयोग गरी महामारीको प्रतिरोध गरी चीन- बंगलादेश मित्रताको नयाँ अध्याय लेखेका राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो। उहाँले भन्नुभयो, 'म चीन-बंगलादेश सम्बन्धको विकासलाई उच्च महत्व दिंदै राष्ट्रपति हामिदसँगै मिलेर "बेल्ट एण्ड रोड"को निर्माणलाई अघि बढाउन र दुई देश बीचको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उंचाईमा पुर्‍याउन इच्छुक छु।'

प्रत्युत्तरमा राष्ट्रपति हामिदले आफ्नो सन्देशमा बंगलादेशले बंगलादेश- चीन सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै बंगलादेशको आर्थिक तथा सामाजिक विकासको प्रक्रियामा चीनद्वारा प्रदान गरिएको निरन्तर समर्थनप्रति कृतज्ञता ज्ञापन गर्नुभयो। दुई देशबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध भविष्यमा अरु गहन हुने विश्वास पनि राष्ट्रपति हामिदले लिनुभएको छ।

जानकारी तथा लेखहरु