फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लामो छुट्टीका अघिल्ला २ दिन चाइना युनियन-पेबाट ६ खर्ब २८ अर्ब ७० करोड चिनियाँ युआन करोबार

(GMT+08:00) 2020-10-04 18:28:39
चाइना युनियन-पेको तथ्यांक अनुसार, चीनको राष्ट्रिय दिवसका ८ दिने लामो छुट्टीका अघिल्ला २ दिन अर्थात् अक्टोबर १ तारिख र २ तारिखको अवधिसम्म चाइना युनियन-पेबाट ६ खर्ब २८ अर्ब ७० करोड चिनियाँ युआन करोबार गरिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.८ प्रतिशत बढेको छ। अक्टोबर १ तारिखको एकै दिन मात्र युनियन-पेबाट ३ खर्ब ३० अर्ब चिनियाँ युआन करोबार गरिएको थियो, जुन गत वर्षको सोही दिनको तुलनामा १५.५ प्रतिशत बढेको हो।

चाइना युनियन-पेको तथ्यांक अनुसार, राष्ट्रिय दिवसका अघिल्ला २ दिन पश्चिमी भाग र लामो दूरीको यात्रा लोकप्रिय भएको छ। तीमध्ये तिब्बत, सिन्च्याङ र निङ् स्या यी दुई दिनमा उपभोग गरिएको मात्रा गत वर्षको सोही अवधिको तुलनामा सबैभन्दा बढी मात्रामा छ।

जानकारी तथा लेखहरु