फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ अर्थतन्त्रबाट चीनको विकास हुने नयाँ अवसरको सिर्जना

(GMT+08:00) 2020-10-04 18:29:54

१५ हजारभन्दा बढी' भन्ने अङक चीन हरेक हप्ता सञ्चालनमा आउने ५-जीको आधारभूत शिविरको संख्या नै हो। चीनको इन्टरनेट सूचना केन्द्रले हाल सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार, गत जुन महिनाको अन्त्यसम्म समस्त चीनमा सञ्चालनमा आएका ५-जीको आधारभूत शिविरको कुल संख्या ४ लाखभन्दा बढी पुगेको छ भने यस वर्षको अन्तसम्म त्यो संख्या ६ लाखभन्दा बढी नाघ्ने अनुमान पनि छ। निरन्तर रुपमा बढ्दै आएका ५-जीको आधारभूत शिविरहरू चीनमा धमाधमसँग निर्माणाधीन थुप्रै नयाँ ढाँचाका आधारभूत प्रबन्धहरूमध्येको एक हो।

नयाँ ढाँचाको आधारभूत प्रबन्ध भनेको विज्ञान र प्रविधिमा भर परेका आधारभूत प्रबन्धको निर्माण हो। त्यसमा टेलिकम, विद्युत शक्ति, यातायात र डिजिटल लगायत सामाजिक जनजीवनका विविध महत्वपूर्ण व्यवसायहरू समावेश छन्। नयाँ ढाँचाको आधारभूत प्रबन्धको विकास गर्नुको उद्देश्य सूचनाकरण र स्मार्ट युगमा रहेको चिनियाँ अर्थतन्त्रका लागि बलियो जग बसाल्नु भन्ने रहेको छ। त्यसको दीर्घ लक्ष्य के छ भने अझ बढी व्यवसायले डिजिटल ढाँचातर्फ परिवर्तित गर्न, स्मार्ट स्तरलाई माथि उकास्न र विभिन्न व्यवसाय बीच मेलमिलाप र सिर्जनशील हुन सक्ने छन्। त्यसबाट चिनियाँ अर्थतन्त्रको उच्च गुणस्तरीय विकास हुनका लागि अझ बढी जिवन्त शक्ति थपिनेछ।

सन् २०२० चीनको १३ औँ पन्च वर्षिय योजनाको अन्तिम वर्ष हो। आगामी ५ वर्षमा चीनले सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्ने आधारमा आफ्नो श्रेष्ठताको सदुपयोग गर्दै सम्पूर्ण रुपमा समाजवादी आधुनिक मुलुकको निर्माण गर्ने नयाँ यात्राको आरम्भ गर्ने छ।

जानकारी तथा लेखहरु