फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"स्याङ स्याङको डायरी" नामक महामारी प्रतिरोधात्मक कार्टुन चित्र

(GMT+08:00) 2020-10-04 18:31:24

स्याङ स्याङ भन्ने एउटा चिटिक्क परेको पाण्डाको नाम हो। त्यो पाण्डा नर्सको टोपी लगाउँदै पेशागत र सिपालुपूर्वक महामारी प्रतिरोधात्मक सम्बन्धी ज्ञान सिकाउँछ। सार्वजनिक आदानप्रदान सञ्जालमा निकै लोकप्रिय रहेको स्याङ स्याङ नामक पाण्डा "स्याङ स्याङको डायरी" नामक कार्टुन चित्रको मुख्य पात्र बनेको छ।

उक्त कार्टुन चित्रको अनौठो चित्रहरू र सजिलोसँग बुझ्न सकिने व्याख्या भएकाले त्यस डायरीको अधिकांश नेटका प्रयोगकर्ताहरूले उच्च सराहना गरेका छन्। त्यस कार्टुन चित्रका लेखक इवासाकी हारुका पेशागत चित्रकार होइनन्, बरु जापानी विमानस्थलको क्वारेन्टाइन चौकीका एकजना क्वारेन्टाइन कर्मचारी हुन्।

गत सन् २०१८ मा इवासाकी चीन आइपुगेर चीन जापान मैत्रीपूर्ण अस्पतालमा कार्यरत् एकजना स्वयम सेविका बनेकी थिइन्। निर्धारित योजना अनुसार यस वर्षको जुलाई महिना उनले चिनियाँ अस्पतालको स्वयम सेवा सिध्याउनु थियो। तर आकस्मिक महामारीको कारण आफ्नो योजनालाई बिगारिएकाले गत जनवरीको अन्त्यमा उनी निर्धारित योजना अगावै जापान फर्किइन्।

जापान फर्के तापनि उनले जुनसुकै बेला चीनले महामारीको प्रतिरोध गर्ने अवस्थाको निकै ख्याल विचार गरिन्। हाल उनी जापानी नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा क्वारेन्टाइन संचालन गर्छिन्। स्याङ स्याङ नामक पाण्डा नर्स भन्ने मुख्य पात्र रहेको कार्टुन चित्र कोर्ने तरिकामार्फत अझ बढी मानिसलाई महामारी प्रतिरोधात्मक ज्ञानबारे जानकारी दिनु नै उनको आशा हो।

जानकारी तथा लेखहरु