फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु वर्षमा ६ खर्ब ५० अर्ब केजीको अन्नबालीको उत्पादन

(GMT+08:00) 2020-10-05 18:44:46
चिनियाँ कृषि तथा ग्रामिण क्षेत्र मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, अहिलेसम्म चीनको शरद ऋतुको अन्नबालीको राम्रो फसल निश्चित भइसकेको छ। अन्नबालीको कूल उत्पादन मात्रा निरन्तर रुपमा ६ वर्षसम्म बृद्धि हुँदै चालु वर्ष ६ खर्ब ५० अर्ब किलो पुग्नेछ।

तेह्रौं पञ्च वर्षीय योजनाको पुनरावलोकन गर्दा चीनको अन्नबालीको उत्पादन स्थिर रुपमा बढ्दै आएको छ। सन् २०१९ मा चीनको अन्नबालीको कूल उत्पादन मात्रा ६ खर्ब ६३ अर्ब ८५ करोड किलो पुगेर इतिहासको किर्तिमान सिर्जना भएको थियो। प्रति चिनियाँको अन्नबालीको औसत मात्रा ४ सय ७० केजीभन्दा बढी भएको छ। यो विश्वको सरदर स्तरभन्दा बढी छ भने विश्वले मान्यता दिएको ४ सय केजीको सुरक्षित रेखाभन्दा उच्च रहेको छ।

चीनले खेतीको संरक्षण सम्बन्धी सबैभन्दा कडा व्यवस्था अपनाउँछ। चीनमा खेतीको क्षेत्रफल कम्तीमा १२ करोड हेक्टर हुनुपर्छ। चीनले स्थायी खेतीको विशेष संरक्षण गर्ने व्यवस्था चौतर्फी रुपमा पालना गर्छ। यसका साथै चीनले अन्नबालीको उत्पादन र सोयाबीन लगायत महत्वपूर्ण कृषि उपजको उत्पादन र संरक्षण क्षेत्रलाई बैज्ञानिक रुपमा विभाजन गरेको छ।

जानकारी तथा लेखहरु