फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय दिवसको चार दिने छुट्टीमा ४२ करोड ५० लाख चिनियाँ पर्यटकको सत्कार

(GMT+08:00) 2020-10-05 18:50:28

चिनियाँ संस्कृति र पर्यटन मन्त्रालयको तथ्याङ्क अनुसार, अक्टोबर ४ तारिख चीनले कुल ११ करोड पर्यटकको सत्कार गरेको छ, जसबाट ८० अर्ब ७९ करोड चिनियाँ युआनको आय भएको छ। अक्टोबर १ तारिखदेखि ४ तारिखसम्म चीनले ४२ करोड ५० लाख पर्यटकलाई सत्कार गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ७८.४ प्रतिशत रहेको छ भने जसबाट ३ खर्ब १२ अर्ब २ करोड चिनियाँ युआनको आय भएको छ, जुन गत वर्षको तुलनामा ६८.९ प्रतिशत रहेको छ।

अक्टोबर ४ तारिख चीनका मुख्य पर्यटन गन्तव्य स्थल र चर्चित दृश्यावलोकनका पर्यटकहरुको संख्या र उपभोग निरन्तर रुपमा उच्च स्तरमा जारी रहेको छ। अक्टोबर पाँच तारिखदेखि दुई दिन छोटो दूरीको यात्राका लागि महत्वपूर्ण अवधि हुनेछ। शहरको वरिपरि, ग्रामीण क्षेत्र र मेला लागेका पार्क घुम्ने चर्चित गन्तव्य स्थल हुने छन्। चीनका विभिन्न ठाउँहरुले कोरोना महामारीको निरन्तर रुपमा प्रतिरोध गरिरहेका छन् र दृश्यावलोकन स्थलमा जोडतोडसँग जीवाणुरहित र परीक्षण कार्य गरिरहेका छन्।

जानकारी तथा लेखहरु