फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१६ औँ चाइना अन्तर्राष्ट्रिय कार्टुन महोत्सव सम्पन्न

(GMT+08:00) 2020-10-05 18:51:51

६ दिनसम्म चलेको १६ औँ चिनियाँ अन्तर्राष्ट्रिय कार्टुन महोत्सव अक्टोबर ४ तारिख हाङचौ शहरमा सम्पन्न भएको छ। यस वर्ष नयाँ कोरोना महामारीको असर परेतापनि कार्टुन महोत्सवका विविध गतिबिधिमा सहभागी विभिन्न क्षेत्रको उत्साहमा कमी आएको छैन। हाङचौ पाइ मा ताल कार्टुन चोकमा अवस्थित मुख्य सभास्थल र शहरका अन्य ११ वटा शाखा सभास्थलबाट प्राप्त तथ्याङ्क अनुसार, ४ तारिख दिउँसोसम्म ७ लाख ३९ हजार २ सयभन्दा बढी मानिसहरू विभिन्न सभास्थलका गतिबिधिमा सहभागी भएका छन भने क्लाउड राष्ट्रिय कार्टुन नामक एपद्बारा अनलाइनमा सम्बद्ध गतिबिधिमा सहभागी भएका मानिसको संख्या १ करोड १ लाख २० हजारभन्दा बढी पुगेको छ। विश्वका १ सयभन्दा बढी नयाँ कार्टुन चलचित्रलाई सो कार्टुन महोत्सवमा प्रसारण गरिएको छ भने तत्स्थानमै सम्पन्न कारोबारको कूल रकम २५ करोड चिनियाँ युआनभन्दा बढी पुगेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार मन्त्रालय र चाइना मिडिया ग्रुपको ठूलो समर्थनमा चाइना मिडिया ग्रुपले सञ्चालन गरेको "स्वर्ण बाँदर पुरस्कार" प्रतियोगिता पनि ४ वर्षपछि फेरि आयोजना गरिएको छ।

यस वर्षको सो कार्टुन महोत्सव ठ्याक्कै राष्ट्रिय दिवसको लामो बिदामा रहेकाले त्यो बिदाको सांस्कृतिक नयाँ उपभोग्य नमुनात्मक स्थल र भित्री चाहनालाई प्रबर्द्धन गरिने बृद्धि विन्दु पनि बनेको देखिन्छ। साथै हाङचौ शहर पनि अधिकांश कार्टुनप्रेमीहरुको भग्वान पनि बनिसकेको छ।

जानकारी तथा लेखहरु