फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वैज्ञानिक र प्राविधिक सिर्जनशीलताबाट मानव जातिको हित कल्याण प्रबर्द्धन

(GMT+08:00) 2020-10-05 18:54:25

"हामीले सबैभन्दा पहिले विश्व सामु क्लिनिकल परीक्षणको तथ्याङ्कलाई सार्वजनिक गरेका थियौँ। यस्तो कार्य अमेरिकाभन्दा ५ घण्टा चाँडो थियो। दोस्रो चरणको क्लिनिकल परीक्षणका सम्बद्ध तथ्याङ्कलाई गत जुलाई २२ र २४ तारिखको द लान्सेट पत्रिकामा सार्वजनिक गरिएको थियो। त्यो समस्त विश्वका लागि सबैभन्दा द्रुत रहेको छ।" हाल चिनियाँ वैज्ञानिक छ्न वैले नयाँ कोरोना महामारी खोपको अनुसन्धान प्रक्रियाबारे जानकारी दिँदै गौरवका साथ उक्त कुरा बताउनुभएको हो। आकस्मिक रुपमा देखा परेर्को नयाँ कोरोना महामारीको सामना गर्दा चीनको वैज्ञानिक र प्राविधिक सिर्जनशील क्षमता पुन:एकपल्ट परीक्षणबाट उत्तीर्ण भएको छ। यस्तो उपलब्धि १३ औँ पन्च वर्षिय योजनाको अवधिमा वैज्ञानिक र प्राविधिक प्रगतिको एक उदाहरण पनि बनेको छ।

चीनको वैज्ञानिक र प्राविधिक सिर्जनशीलता हुने प्रक्रियामा कसरी यस्तो आश्चर्य लाग्दो उपलब्धि प्राप्त भयो? किनभने चीनको नेतृत्व तहले सिर्जनशीलतालाई विकास हुने पहिलो जिवन्त शक्ति कायम राख्दै आएको छ। साथै चीनको वैज्ञानिक र प्राविधिक सिर्जनशील प्रगति विभिन्न अनुसन्धान कार्यतर्फ बढाउँदै आएको लगानी र सुधार हुँदै आएको सिर्जनशील वातावरणसँग घनिष्ट रहेको छ।

बितेका ५ वर्षको विकासमार्फत चीनको वैज्ञानिक र प्राविधिक सिर्जनशीलताले उच्च गुणस्तरीय विकासका लागि सशक्त जिवन्त शक्ति थपिदिँदै आएको छ। सन् २०१९ मा चीनको वैज्ञानिक र प्राविधिक प्रगतिको योगदान दर ५९.५ प्रतिशत पुगेको थियो भने यस वर्ष सम्भवत: ६० प्रतिशत भन्ने लक्ष्य पूरा हुनेछ।

एउटा जिम्मेवार ठूलो मुलुकको हैसियतले चीनले आत्मनिर्भर वैज्ञानिक र प्राविधिक सिर्जनशील क्षमतालाई उकास्नुका साथै सक्रियताका साथ विश्व सिर्जनशील सञ्जालमा संलग्न भई आफ्नो वैज्ञानिक र प्राविधिक उपलब्धिबाट अझ बढी मुलुक र जनता लाभान्वित हुन प्रयास गर्दै जानेछ।

जानकारी तथा लेखहरु