फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चाइना आविष्कार" बाट विश्व गरिबी निवारणका लागि योगदान

(GMT+08:00) 2020-10-06 19:07:14

३६ हजार किलोमिटर बराबारको आवगमनको कुल दूरी र विश्व उच्च गतिको रेलको कुल दूरीको दुई तिहाईभन्दा बढी ओगटेको उच्च गतिको रेल अवश्य नै चीन विकास हुने क्रममा रहेको एउटा प्रतीक हो। उच्च गतिको रेलका एकएकवटा लाइनले सम्बद्ध क्षेत्रका आर्थिक विकासलाई प्रबर्द्धन गर्नुका साथै अधिकांश क्षेत्रका लागि विपन्न अवस्थाबाट मुक्तिका लागि सहायता पुर्‍याएका छन्।

सबभन्दा ठूलो विकासोन्मुलुकको हैसियतले चीनले सिर्जना गरेको "गरिबी निवारण सम्बन्धी आविष्कार" नै विश्व गरिबी निवारण कार्यका लागि ठूलो योगदान रहेको छ। विश्व बैंकको तथ्याङ्क अनुसार, चीनको गरिबी निवारणको उपलब्धिले विश्व गरिबी निवारण कार्यका लागि गरेको योदान दर ७० प्रतिशतभन्दा बढी पुगेको छ। सन् २०१२ देखि २०१९ को अन्तसम्म करिब ७ वर्षमा चीनको विपन्न जनसंख्यामा ९ करोडभन्दा धेरैले कटौति आउनुका साथै गरिबी दर पहिलेको १०.२ प्रतिशतबाट अहिलेको ०.६ प्रतिशतमा झरेको छ। यस वर्ष सम्पूर्ण रुपमा गरिबी निवारण लक्ष्य प्राप्त गरेपछि चीनले निर्धारित समयभन्दा १० वर्ष अगावै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०३० को कार्यसुचीमा उल्लेखित गरिबी निवारण लक्ष्यलाई पनि साकार तुल्याउने छ। संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले बितेका १० वर्षयता चीन विश्व गरिबी निवारण कार्यका लागि सबभन्दा ठूलो योगदान गर्ने मुलुक रहेको भन्दै मूल्याङ्कन गर्नुभएको छ।

एउटा जिम्मेवार ठूलो मुलुकको रुपमा चीनले आफ्नो गरिबी निवारण कार्यलाई अघि बढाउनुका साथै सम्बद्ध कर्मचारीको आदान प्रदान, सहकार्यको अनुसन्धान र प्राविधिक सहायता आदि तरिकामार्फत सक्रियताका साथ विपन्न अवस्थाबाट मुक्ति गर्न अरु मुलुकलाई सहायता गर्दै आएका छन्।

हाल नयाँ कोरोना महामारी यथावत् रुपमा विश्वभर प्रचलित भइरहेको अँध्यारो अवस्थामा चीनले निरन्तर रुपमा अन्तर्राष्ट्रिय सहकार्यमा संलग्न भई वास्तविक गतिबिधिमार्फत विश्व गरिबी कार्यका लागि अझ ठूलो योगदान गर्दै जानेछ। आफ्नो विकास उपलब्धिबाट अझ बढी मानिस लामान्वित हुनसक्ने चीनको आशा पनि हो।

जानकारी तथा लेखहरु