फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्बारा चीनको १३ औँ पन्च वर्षीय योजनाको उपलब्धिको सकारात्मक मूल्याङ्कन

(GMT+08:00) 2020-10-06 19:08:20
यस वर्ष चीनमा सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्ने र १३ औँ पन्च वर्षीय योजनाको अन्तिम वर्ष हो। जटिल र अप्ठ्यारो अन्तर्राष्ट्रिय वातावरण र देशभित्र सुधार, विकास र स्थिरताको गम्भीर कार्यभारको सामना गर्दै चीनले कठिनाइलाई मेटाउँदै आर्थिक र सामाजिक विकास प्रक्रियामा चौतर्फी र सिर्जनशील ऐतिहासिक उपलब्धि प्राप्त गर्दै आएको छ। अधिकांश अन्तर्राष्ट्रिय व्यक्तिका अनुसार, चीनको १३ औँ पन्च वर्षीय योजनामा विश्वप्रख्यात आर्थिक र सामाजिक उपलब्धि प्राप्त गरेकाले जनताका लागि सुमधुर जीवनको सिर्जना गरेको मात्र नभई विश्व विकासका लागि अझ बढी अवसर पनि उपलब्ध गराएको छ।

बेल्जियम-चीन आर्थिक र व्यापारिक परिषद्का अध्यक्ष डेविट बेर्नार्डका अनुसार, १३ औँ पन्च वर्षीय योजनाको अवधिमा चीनको आर्थिक र सामाजिक निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरिनुका साथै चीनको आधारभूत प्रबन्धको निर्माण पनि झन् पूर्णता हुँदै आएको देखिन्छ। रेलमार्ग र राजमार्गको दूरी ठूलो मात्रामा बढ्नुका साथै ५ जी सञ्जाल र मानव स्मार्ट लगायत नयाँ ढाँचाका आधारभूत प्रबन्धले आर्थिक बृद्धिका लागि नयाँ जिवन्त शक्ति थपिदिएको छ।

टर्की-चीन वाणिज्य प्रबर्द्धन मैत्री संघका अध्यक्ष आदनान आक्फिराटले धेरैपटक चीनको भ्रमण गर्नुभएको छ। "चिनियाँ जनताको जीवन झन् झन् सम्पन्न हुँदै आएको छ।" उहाँले भन्नुभयो: चिनियाँ कम्युनिष्ट पार्टीले सधैँ नै जनताको चाहनालाई पूरा गर्न प्राथमिकतामा राखेकाले जनताको जीवनस्तर निरन्तर रुपमा उठ्दै गएको छ।

"चीनको आर्थिक र सामाजिक निर्माणको उपलब्धिबाट चिनियाँ जनतालाई हित भएको मात्र नभई पूरै विश्व पनि लाभान्वित भएको छ।" अल्जेन्टिनाको ल्याटिन अमेरिका चीन राजनीतिक र आर्थिक अनुसन्धान केन्द्रका कार्यवाहक प्रमुख डिएगो माजोकोनेले भन्नुभयो: हाल चीन अल्जेन्टिनाका लागि सबभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ।

जापानी चुओ विश्वविद्यालयका प्राध्यापक युकिओ काजिताले आगामी १४ औँ पन्च वर्षीय योजनाको अवधिमा चीनले अझ ठूलो उपलब्धि प्राप्त गर्नुका साथै विश्व आर्थिक विकासलाई अघि बढाउनका लागि अझ ठूलो भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु