फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्प डिस्चार्जपछि ह्वाइट हाउसमा

(GMT+08:00) 2020-10-06 19:08:47
कोरोना भाइरसको उपचारमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्वी अमेरिकी समय अक्टोबर ५ तारिख बेलुका डिस्चार्ज भएर ह्वाइट हाउस फर्कनुभएको छ। यद्यपि उहाँको चिकित्सा टोलीले उहाँ पूर्ण रुपमा निको नभएको दाबी गरेको छ।

तत्स्थानको भिडियोका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पले सूट र मास्क लगाएर म्यारिल्याण्ड प्रदेशस्थित राष्ट्रिय चिकित्सा केन्द्रको गेटबाट निस्केर राष्ट्रपतिका लागि विशेष हेलिकोप्टरमा चढ्नुभयो। ह्वाइट हाउस पुगेपछि ट्रम्पले ह्वाइट हाउसको बरण्डामा पुगेर मास्क फुकालेर सञ्चार माध्यमलाई फोटो खिच्न लगाउनुभयो। यो सम्पूर्ण प्रक्रियामा उहाँले पत्रकारसँग कुराकानी गर्नुभएन।

राष्ट्रपति ट्रम्पले अक्टोबर २ तारिख बिहान सबेरै आफू र आफ्नी श्रीमती मेलानिया ट्रम्पलाई कोरोना भाइरस संक्रमित भएको प्रमाणित गर्नुभएको थियो। सोही दिन बेलुका उहाँलाई उपचारका लागि म्यारिल्याण्ड प्रदेशस्थित राष्ट्रिय चिकित्सा केन्द्रमा पुर्‍याइएको थियो।

जानकारी तथा लेखहरु