फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा कोरोना संक्रमितहरुको संख्या ३ करोड ५० लाख नाघ्यो

(GMT+08:00) 2020-10-06 19:09:16
विश्व स्वास्थ्य संगठनद्वारा अक्टोबर ५ तारिख सार्वजनिक तथ्याङ्क अनुसार, विश्वमा कोरोना संक्रमितहरुको संख्या ३ करोड ५१ लाख ९ हजार ३ सय १७ पुगेको छ।

विश्व स्वास्थ्य संगठनको वेभसाइटमा जनाइएको पछिल्लो तथ्याङ्क अनुसार, मध्य युरोपको समय अक्टोबर ५ तारिख दिउँसो ३ बजेर ५४ मिनेटसम्म विश्वमा नयाँ थथिएका कोरोना संक्रमितहरुको संख्या अघिल्लो दिनको तुलनामा २ लाख ९४ हजार ७ सय ६३ ले बृद्धि भएको छ। मृतकहरुको संख्या पनि ४ हजार ५ सय २६ थपिएर दश लाख ३५ हजार ३ सय ४१ पुगेको छ।

अमेरिकी जोन्स हपकिन्स विश्वविद्यालयबाट अक्टोबर ५ तारिख सार्वजनिक पछिल्लो तथ्याङ्क अनुसार, पूर्वी अमेरिकाको समय ५ तारिख दिउँसो ३ बजेर २३ मिनेटसम्म अमेरिकामा कोरोनाबाट संक्रमितको कूल संख्या ७४ लाख ४५ हजार ८ सय ९७ पुगेको छ र २ लाख १० हजार १३ जना अमेरिकीको मृत्यु भइसकेको छ।

जानकारी तथा लेखहरु