फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो अन्तर्राष्ट्रिय आयात मेलाको तयारी कार्य अन्तिम चरणमा

(GMT+08:00) 2020-10-06 19:10:15

अक्टोबर ५ तारिख तेस्रो चीन अन्तर्राष्ट्रिय आयात मेलाको उद्घाटन हुन ३० दिन मात्र बाँकी रहेको छ। अन्तर्राष्ट्रिय आयात मेलाका विभिन्न तयारी कार्यहरुले अन्तिम चरणमा प्रवेश गरिसकेका छन्। सो मेलाका लागि पहिलो एकमुष्ट सामानहरु सुचारु रुपमा निकासी भएका छन्। राष्ट्रिय दिवसको अवधिमा हजारौँ नयाँ सामानहरु सो मेलामा राखिएको छ।

शाङहाई शहरले विभिन्न सेवामुलक कार्यका लागि अन्तिम अभ्यास गरिरहेको छ। तेस्रो अन्तर्राष्ट्रिय आयात मेलाको कार्य निर्बाध रहेको छ। विश्वका ५ सय सबैभन्दा शक्तिशाली कम्पनी र अग्रस्थानमा रहेका कम्पनीहरुको पैमाना इतिहासको स्तरमा पुगेको छ। यसका साथै करिब एक सय व्यवसायले आगामी तीन वर्षमा निरन्तर रुपमा सो मेलामा सहभागी हुने निवेदन पेश गरेका छन्।

जानकारी तथा लेखहरु