|
|
|
|||||||||
|
||


यस वर्षको चीनको राष्ट्रिय दिवस र चन्द्रमा दिवसको लामो बिदामा महामारी प्रतिरोध क्रममा सकारात्मक प्रगति प्राप्त गरेका चिनियाँ जनताको उपभोग उत्साह एकदमै उच्च रहेको देखिन्छ। त्यसबाट के प्रमाणित गरिएको छ भने निरन्तर रुपमा पुन:समृद्ध हुँदै आएको उपभोगबाट चीन क्रमश: देशभित्रको ठूलो चक्रवद्ध मुख्य रहेको र देशभित्र र बाहिरका दोहोरो चक्रबद्ध हुने विकासको नयाँ प्रारुप बन्न सघाउ पुग्नेछ। चीनको अर्थतन्त्रले उज्यालो र सकारात्मक वातावरणको सिर्जना गरेको छ। विशेषत: गत अगष्ट महिनामा धेरै आर्थिक डाटा पहिलेभन्दा राम्रो परिवर्तित भएको अवस्थाले विश्व अर्थतन्त्रका लागि नयाँ आशा पनि ल्याएको छ।

विदेशको यात्रा गर्ने चिनियाँ पर्यटकहरुको संख्या विगत धेरै वर्षदेखि विश्वको पहिलो स्थानमा रहेको छ। तथापि चालू वर्ष कोरोना भाइरस महामारीको प्रभावमा विदेशको यात्रा गर्ने चिनियाँ पर्यटकहरुको संख्या शून्यजस्तै रहेको छ। धेरै चिनियाँ पर्यटकहरुको नजर स्वदेशले फिर्ता लिएको छ। यो ट्राभल एजेन्सीका लागि पनि एउटा परीक्षा हो।

पर्यटन बजार राष्ट्रिय दिवसको अवधिमा तीव्र गतिले पुन:उत्थान भएको कुराले पर्यटन क्षेत्रको विश्वासलाई बढाउनुका साथै पर्यटन विकास गर्न विभिन्न ठाउँका सरकारहरुको विश्वासलाई पनि हौसला दिएको छ।
७१ वर्ष बितिसकेपछि नयाँ चीन फेरि एउटा नयाँ ऐतिहासिक शुरुवातमा उभिएको छ। अब उपरान्त चीनले प्रयासमार्फत विकास हुने नयाँ प्रारुपको निर्माण गर्नुका साथै निरन्तर रुपमा चीनको आर्थिक विकासका लागि मार्ग प्रशस्त गर्दै जाने र विश्व अर्थतन्त्रको पुन:उत्थानका लागि जिवन्त शक्ति थपिदिंदै जानेछ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||