फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई साताका लागि नेपाल वायुसेवा निगमलाई हङ्गकङ्गमा प्रतिवन्ध

(GMT+08:00) 2020-10-07 17:19:15

एउटै उडानका ६ नेपाली यात्रुमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि नेपाल वायुसेवा निगमलाई हङ्गकङ्गमा दुई साताका लागि उडान भर्न प्रतिबन्ध लगाइएको छ।

काठमाडौँबाट उडेर स्थानीय समयअनुसार अक्टोबर ३ तारिखका दिन हङ्गकङ्ग उत्रेकामध्ये चार महिला र दुई पुरुष यात्रुमा कोरोना संक्रमण देखिएपछि त्यहाँको सरकारले निगमको उडानलाई हङ्गकङ्गमा प्रतिबन्ध लगाएको नेपाल समाज अनलाइनले लेखेको छ।

हङकङको स्वास्थ्य सुरक्षा केन्द्रको सरुवा रोग शाखाकी प्रमुख छुवाङ सुक वानले बताए अनुसार संक्रमित ३० देखि ७२ वर्षका नेपालीहरु निगमको आरए ४०९९ उडानबाट हङ्गकङ्ग फर्किएका थिए। हङ्गकङ्गको "अन्तरदेशीय दुवानी तथा यात्रुसम्बन्धी रोग नियन्त्रण तथा रोकथाम नियमावली ५९९एच"अनुसार त्यहाँको सरकारले नेपाल एअरलाइन्सलाई हङ्गकङ्ग उडान भर्न दुई हप्ताको लागि प्रतिवन्ध लगाएको प्रमुख छुवाङले जनाकारी दिनुभयो। उहाँले भन्नुभयो– "प्रतिवन्धको अवधि अक्टोबर ४ देखि १७ तारिखसम्मका लागि कायम हुनेछ।"

यसअघि नेपालबाट गएकी एक संक्रमित महिलाको कन्ट्र्याक ट्रेसिङका आधारमा थप दुई स्थानीयलाई पनि कोभिड–१९को संक्रमण पुष्टि भएको समेत प्रमुख छुवाङलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम द स्ट्याण्डर्डले जनाएको छ। हालसम्म हङ्गकङ्गमा ५ हजार १ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

 

जानकारी तथा लेखहरु