फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानद्वारा चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएकोमा कडाइका साथ विरोध गर्दै ५५ देशका तर्फबाट संयुक्त राष्ट्र संघमा संयुक्त सम्बोधन

(GMT+08:00) 2020-10-07 17:20:51

अक्टोबर ६ तारिख ७५ औँ संयुक्त राष्ट्र महासभाको तेस्रो समितिको साधारण बहसको क्रममा पाकिस्तानले ५५ देशका तर्फबाट संयुक्त सम्बोधन गर्दै हङकङ मामिलामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोमा कडाइका साथ विरोध गरेको छ।

सम्बोधनले सार्वभौमिक देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु संयुक्त राष्ट्र संघको बडापत्रको महत्वपूर्ण सिद्धान्त हो र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता रहेको औँल्याएको छ। सम्बोधनमा हङकङ विशेष प्रशासनिक क्षेत्र चीनको अविभाज्य भाग हो भन्दै हङकङ मामिला चीनको आन्तरिक मामिला रहेको र बाहिरी मुलुकले हस्तक्षेप गर्नु नहुने कुरालाई जोड दिइएको छ।

उक्त सम्बोधनले हङकङको विशेष प्रशासनिक क्षेत्रमा चीनको "एक राष्ट्र दुई प्रणाली" नीतिको कार्यान्वयनलाई समर्थन गर्ने कुरा औँल्याएको छ। सबै देशहरूले आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्ने कानुन पारित गर्ने अधिकार रहेको र हङकङ विशेष प्रशासनिक क्षेत्रमा राष्ट्रिय सुरक्षा कानुनको तर्जुमा र कार्यान्वयन गरेर राष्ट्रिय सुरक्षा कायम गर्न वैध उपाय भएको पनि सम्बोधनमा उल्लेख छ।

जानकारी तथा लेखहरु