फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघमा चीनको मानव अधिकारको अवस्थालाई बदनाम गर्ने अमेरिकी प्रयास फेरि एक पटक पराजित

(GMT+08:00) 2020-10-07 17:21:18

अमेरिका, जर्मनी र बेलायत लगायतका केही देशहरूले संयुक्त राष्ट्र संघको ७५ औँ साधारण सभाको तेस्रो समितिमा मानव अधिकारको बारेमा छलफल गर्दा चीनलाई द्वेषपूर्ण रूपमा बदनाम गरी चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेका छन्। संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि च्याङ च्युनले समितिमा अमेरिका लगायत केही देशहरूले लगाएको झुटो आरोपको कडा शब्दमा खण्डन गर्नुभएको छ।

करीव ७० देशले चीनको अडानलाई समर्थन गरेका छन्। तीमध्ये पाकिस्तानले हङकङ सम्बन्धी मामिला ५५ देशको तर्फबाट चीनलाई समर्थन गर्ने संयुक्त मन्तव्य दिएको छ। क्युवाले सिनच्याङ सम्बन्धी मुद्दामा ४५ देशको तर्फबाट चीनलाई समर्थन दिँदै संयुक्त सम्बोधन गरेको छ भने कुवेतले चीनको समर्थनमा ३ वटा अरब देशका तर्फबाट संयुक्त सम्बोधन गरेको छ। धेरै देशहरूले आफ्नो देशको सम्बोधनमा चीनलाई समर्थन गरेका छन्।

प्रतिनिधि च्याङ च्युनले अन्तर्राष्ट्रिय समुदायलाई एकता र सहयोग चाहिएको समयमै, अमेरिका जस्ता केही देशहरूले द्वन्द्व उत्पन्न गराएर फाटो ल्याएका छन्। उनीहरुका कार्य पूर्ण रूपमा इतिहासको गलत पक्षमा रहेको च्याङले औँल्याउनुभयो।

विभिन्न पक्षहरूले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र एकताको रक्षा गर्न चीनको प्रयासलाई समर्थन गरेका छन्। मानवअधिकारको विकासमा चीनका उपलब्धिहरुलाई सकारात्मक रुपमा मूल्याङ्कन गर्दै मानव अधिकार मुद्दामा दोहोरो मापदण्ड र राजनीतिक टकरावको चीन सशक्त विरोध गर्दछ।

जानकारी तथा लेखहरु