फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा जनताको गास बास र कपासको समस्या समाधान गर्दै ८५ करोड गरिबको जीवन उकासेको संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधिको भनाइ

(GMT+08:00) 2020-10-07 17:21:44

संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि च्याङ च्युनले अक्टोबर ६ तारिखमा संयुक्त राष्ट्र संघको ७५ औं महासभाको तेस्रो समितिमा चीनको मानवअधिकारमा ऐतिहासिक उपलब्धिहरू प्राप्त भएको जानकारी दिँदै सम्बोधन गर्नुभयो।

प्रतिनिधि च्याङले नयाँ चीन स्थापनाको ७१ बर्षदेखि चीनले मानव अधिकारमा धेरै उपलब्धिहरु हासिल गरेको औल्याउनुभयो। उहाँले चीनले जनतालाई केन्द्रमा राख्नुपर्ने, १ अर्ब ४० करोड मानिसहरुको गाँस बास र कपडाको समस्या समाधान गरेको र ८५ करोड जनतालाई गरीबीबाट मुक्त गरेको जनाकारी दिनुभयो। चीनले जीवनको सर्वोच्चततालाई जोड दिन्छ, महामारी रोकथाम र कडा उपाय अपनाएको छ भन्दै यसले महामारीको बिरूद्ध लडाईमा ठूलो विजय हासिल गरेको उहाँले बताउनुभयो। पूर्ण मानव अधिकार कानुनी सुरक्षा प्रणाली गठन गर्दै चीनले "राष्ट्रिय मानव अधिकार कार्य योजना"का तीन मुद्दाहरू जारी गरेको पनि उहाँले जानकारी दिनुभयो।

प्रतिनिधि च्याङले चीन दृढतापूर्वक राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा गर्दछ भन्दै चाहे सिनच्याङ जस्ता पश्चिमी क्षेत्रको विकासलाई बढाउने वा हङकङ विशेष प्रशासनिक क्षेत्रको समृद्धि र स्थायित्व कायम गर्दै कानुनको शासन कायम राख्न, राष्ट्रिय सुरक्षा कायम गर्न र जनताको हितको रक्षालाई व्यावहारमा उतार्न कुरामा आवश्यक रहेको भन्दै जोड दिनुभयो। चीनले अगाडि बढेर यस्तो मार्गको अनुसरण गर्ने कुरामा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु