फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्युवाद्वारा संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दै चीनले सिंगच्याङमा आतंकवादी र चरमपन्थी नियन्त्रण गरेको कुराको दृढ समर्थन

(GMT+08:00) 2020-10-07 19:03:55

अक्टोबर ६ मा ७५औं संयुक्त राष्ट्र संघको महासभाको तेस्रो समितिको साधारण बहसको क्रममा क्युवाले ४५ देशका तर्फबाट संयुक्त सम्बोधन गर्दै चीनको सिंगच्याङको आतंकवादको बिरूद्ध र चरमपन्थी हटाउने उपायलाई कडा समर्थन व्यक्त गरेको छ।

सम्बोधनले सबै पक्षले रचनात्मक संवाद र सहयोगबाट मानवअधिकारको प्रबर्द्धन र संरक्षण गर्नु पर्दछ भन्दै मानव अधिकारको राजनीतिकरण र दोहोरो मापदण्डको कडाईका साथ विरोध गर्नुपर्ने औँल्याएको छ। सम्बोधनले चिनियाँ सरकारको जन-केन्द्रित दर्शन पालन गर्ने, दिगो आर्थिक र सामाजिक विकासलाई बढाउने, गरीबी उन्मुलन गर्ने, रोजगारी बढाउने, जनताको जीवनस्तर सुधार गर्ने र मानवअधिकारको प्रवर्द्धन गर्ने तथा संरक्षण गर्ने कुराको प्रशंसा गरेको छ। उक्त सम्बोधनले सिंगच्याङमा लगातार तीन बर्षभन्दा बढी समयदेखि हिंसात्मक आतंकवादी घटना नभएको उल्लेख गर्दै सबै जातीय समूहका मानिसहरु शान्तिपूर्ण रुपमा स्थिर वातावरणमा खुसीसाथ काम गर्दै जीवन बिताइरहेको कुरामा जोड दिएको छ।

चीनले खुलापन र पारदर्शितालाई पछ्याएको छ र १ हजारभन्दा बढी कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय संगठनका अधिकारी, पत्रकार र धार्मिक व्यक्तित्वलाई सिंगच्याङ भ्रमण गर्न आमन्त्रित गरेको छ भन्दै उनीहरूले सिंगच्याङद्बारा हासिल गरिएका ठूला उपलब्धिहरू देखेको कुरा पनि उक्त सम्बोधनमा समेटिएको छ।

जानकारी तथा लेखहरु