फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघीय महाधिवेशनको तेस्रो समितिको सम्मेलनबारे चीनको धारणा

(GMT+08:00) 2020-10-07 19:04:22
हाल आयोजित संयुक्त राष्ट्र संघीय महाधिवेशनको तेस्रो समितिको सम्मेलनमा लगभग ७० वटा मुलुकले हङकङ र सिनच्याङ मामिलामा चीनलाई समर्थन दिएर त्यसमा पश्चिमा मुलुकद्वारा भएको हस्तक्षेप कार्यको विरोध गरेका छन्। चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले त्यसबाट सबै मानिसको मनमा न्याय रहिरहेको व्यक्त गर्नुभएको छ।

अक्टोबर सात तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्त ह्वाले उक्त कुरा बताउनुभएको हो। प्रवक्त ह्वाले केही पश्चिमा मुलुकले हङकङ र सिनच्याङ मामिलालाई लिएर चीनलाई बदनाम गर्ने लक्ष्य फेरि विफल भएको बताउनुभयो। उहाँले हङकङ र सिनच्याङ मामिलामा केही मुलुकले प्रोत्साहित गरिरहेको मानव अधिकार समस्या नभएको र राजनीतिकरण गर्नु नहुने कुरामा जोड दिनुभयो। कुनै पनि मानिस, मुलुक र शक्तिले चीनलाई अस्थिर बनाउन र हङकङ तथा सिनच्याङ विषयमा राजनीतिक गतिबिधि चलाएर चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्दा चीनले कडा विरोध गरेको पनि उहाँले दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु