|
|
|
|||||||||
|
||

यस वर्षयता कोभिड-१९ महामारी फैलिएयता मानव जातिमा ठूलो प्रहार भएको छ। उक्त विश्वव्यापी चुनौतिको सामना गर्दै जिम्मेवार ठूलो मुलुकको हैसियतमा चीनले बहुपक्षीय सहयोगलाई बढाएर विश्वको पुनर्रूत्थानलाई मद्दत गरिरहेको छ।
महामारी फैलिएपछि चीनले तत्काल विश्व स्वास्थ्य संगठन, सम्बन्धित मुलुक र क्षेत्रीय संगठनलाई सम्बद्ध सूचना दिएको छ। तत्काल कोभिड-१९ भाइरस जीन अनुक्रमलगायत सूचना सार्वजनिक गरेको छ र तत्काल उपचार तथा नियन्त्रण तयारी सार्वजनिक गरेको छ। सकेसम्म सबैलाई नियन्त्रण तथा उपचार अनुभवको शेयर पनि गरेको छ। त्यसका साथै चीनले विश्व स्वास्थ्य संगठनलगायत बहुपक्षीय सहयोग प्रणालीलाई दृढ समर्थन दिनुका साथै अन्तर्राष्ट्रिय संयुक्त नियन्त्रण कार्यक्रमलाई बढाएर मानव जातिको स्वास्थ्य समुदायको स्थापना गर्ने प्रस्ताव सक्रिय रूपमा प्रस्तुत गरेको छ। जसले अन्तर्राष्ट्रिय समूहबाट व्यापक प्रशंसा पाएको छ।

महामारी विरूद्धको अन्तर्राष्ट्रिय सहयोगलाई गहन पार्न चीनले सम्बन्धित अनेकौँ महत्वपूर्ण कदम सार्वजनिक गरेको छ। विश्लेषकका अनुसार, चीनको कारवाहीले मानव जातिलाई अँध्यारोबाट मुक्त गर्न ठूलो सहयोग गरेको छ।
महामारीले विश्वको अर्थतन्त्रलाई पनि ठूलो क्षति पुर्याएको छ। त्यसको समाधान गर्न बहुपक्षीय सहयोगबाहेक विकल्प छैन। चीनले विश्व व्यापार संगठनमा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्न कडा समर्थन गरेको छ भने विभिन्न मुलुकसँग हरित च्यानल निर्माण गरी विश्व औद्योगिक शृङ्खलाको स्थिरताको संरक्षण गर्न मद्दत पुर्याएको छ साथै वेल्ट एन्ड रोड वरिपरिका मुलुकलाई महामारी विरूद्ध सामग्रीको उद्धार गरेको छ। चीनले आफ्नो आर्थिक पुनःरूत्थानको आधारमा विश्व आर्थिक पुनःरूत्थानलाई सहयोग गरिरहेको छ।

संयुक्त राष्ट्र संघको ७५ औँ महासभाका अध्यक्ष भोल्कान बोज्किरले संयुक्त राष्ट्र संघ र बहुपक्षवादलाई चीनले दिएको दृढ समर्थन नै हाल बहुपक्षवादसमक्ष प्रश्न उठाइएको र चुनौति देखिएको अवसरमा निकै धेरै मूल्यवान भएको देखिएको बताउनुभयो। बहुपक्षवादको दृढ संरक्षण गरी संयुक्त राष्ट्र संघको बडा पत्रको विचार तथा सिद्धान्तको संरक्षण गरेर संयुक्त राष्ट्र संघलाई केन्द्रमा राख्नुपर्ने पनि उहाँले दोहोर्याउनुभयो।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||