फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको स्यामनद्बारा सधैँ सुधार र खुलापनमा जोड

(GMT+08:00) 2020-10-08 17:37:40

अक्टुबर ७ तारिख दक्षिण-पूर्व चीनको शहर स्यामन विशेष आर्थिक क्षेत्र स्थापनाको ४०औँ वार्षिकोत्सव हो।

सन् १९८५ मा, स्यामन विशेष आर्थिक क्षेत्रले ३२ वर्षका उप मेयरलाई स्वागत गरेको थियो। ती उप मेयर सी चिन फिङ हुनुहुन्थ्यो। स्यामन भनेको भवनको ढोका हो र हामी यसलाई बाहिरी विश्वको ढोका भनेर पनि बुझ्न सक्दछौं। हामी साँच्चिकै आशा गर्दछौँ कि बाहिरी विश्वमा खोलिने यो ढोका छिटो र अझ राम्रोसँग निर्माण गर्न सकिन्छ। सन् १९८६ मा, सी चिन फिङले स्यामनका कार्यकारी उप मेयरको रूपमा काम गर्दै एक भाषणमा भन्नुभएको थियो।

उड्डयन उद्योग एक शहर को एक खुल्ला संकेत हो। ३० वर्ष पहिले, स्यामनमा केवल एउटा सानो एयरपोर्ट मात्र थियो र केही विमानहरू थिए। कडा परिश्रमपछि, स्यामन एयरलाइन्सलाई प्रवर्द्धन गर्न सीले कुवेत सरकारबाट १ करोड ८० लाख अमेरिकी डलर लिनुभयो। त्यस्तै, वित्तीय संस्थाको ग्यारेन्टी अन्तर्गत, स्यामन एयरलाइन्सले दुईवटा बोइङ-७३७ विमानहरू अमेरिकाको बोइङ कम्पनीबाट भाडामा लिएको थियो। आज, स्यामन एयरलाइन्ससँग २०० भन्दा बढी विमानहरू र ३५० भन्दा बढी सञ्चालन मार्गहरू छन्। सन् २०१९ को अन्त्यमा ३३ बर्षसम्म यो एयरलाइन्स लगातार फाइदामा रहेको छ।

जब सी चिन फिङ स्यामनमा काम गर्न जानुभयो, स्यामनका लागि एउटा स्वतन्त्र पोर्ट निर्माण गर्नु अत्यन्त महत्त्वपूर्ण क्षण थियो। अन्तर्राष्ट्रिय अनुभवबाट सिक्नको लागि, उहाँले सिंगापुर भ्रमण गर्दै र देशको पहिलो अन्तर्राष्ट्रिय गोष्ठी "निर्यात क्षेत्र र स्वतन्त्र बन्दरगाह" को स्थापना गर्दै स्यामनका लागि सान्दर्भिक अन्तर्राष्ट्रिय जानकारी र डाटा संकलन सुरु गर्नुभयो।

सन् २०१५ को अप्रिलमा, स्यामन रहेको फुजियान प्रान्त चीनको नयाँ स्वतन्त्र व्यापार परीक्षण क्षेत्र बन्न सफल भयो। स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको निर्माणमा, स्यामनले २१ औँ शताब्दीको समुद्री रेशमी मार्गको अवसरलाई कब्जामा लिएको छ, र "बेल्ट र रोड"को साथ अन्य देशहरूसँग आर्थिक र व्यापारिक सहयोग र सांस्कृतिक आदानप्रदानलाई तीव्रता लिएको छ। स्यामनको आयात र निर्यात व्यापारमा उल्लेखनीय बृद्धि भएको छ।

स्यामनको विकास चीनको सुधार र खुला हुने इतिहासको शुक्ष्म ढोका हो। सेप्टेम्बर २०२० सम्म, चीनले २१ वटा स्वतन्त्र व्यापार क्षेत्र स्थापना गरिसकेको छ र सुधार तथा खुलापनलाई तीव्रता दिइरहेको छ। चीनका सर्वोच्च नेता सीले चीनले सुधार र खुलापनको ढोका फराकिलो र व्यापक बनाउने कुरामा बारम्बार जोड दिइरहनु भएको छ।

जानकारी तथा लेखहरु