फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रेलमार्गद्वारा ७ दिनको विदामा हरेक दिनमा १ करोड भन्दा बढी यात्रुलाई आवागमन

(GMT+08:00) 2020-10-08 17:38:06

चीनको रेलमार्ग कम्पनीले अक्टोबर ७ तारिख एउटा घोषणा गर्दै चीनको राष्ट्रिय दिवसको बिदा समाप्त हुँदै गर्दा रेलमार्गबाट फर्किने यात्री प्रवाहमा उल्लेखनीय बृद्धि भएको जनाएको छ। अक्टोबर ७ मा, राष्ट्रिय रेलमार्गले १ करोड २० लाख यात्रु पठाउने अपेक्षा छ र ११२९ रेलहरू थपिनेछ।

तथ्याङ्कका अनुसार अक्टोबर ६ तारिखमा राष्ट्रिय रेलमार्गले १ करोड १३ लाख ३२ हजार यात्रु ओसारेको छ। सेप्टेम्बर ३० तारिखदेखि अक्टोबर ६ तारिख सम्म, चीन राष्ट्रिय रेलमार्गले लगातार ७ दिनमा हरेक दिन १ करोड भन्दा बढी यात्रुलाई आवागमन गराएको छ।

सम्बन्धित विभागहरूले यात्रुको आवश्यकताहरूलाई ध्यान दिँदै अधिकतम सन्तुष्टि दिनका लागि पर्यटक र यात्रालाई लोकप्रिय क्षेत्रहरूमा अतिरिक्त रेलहरू थप गरेका छन्।

जानकारी तथा लेखहरु