फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेप्टेम्बरमा चीनको विदेशी विनिमय सञ्चय ३१ खर्ब ४२ अर्ब ६० करोड अमेरिकी डलर

(GMT+08:00) 2020-10-08 18:37:50

चीनको राष्ट्रिय विदेशी विनिमय व्यवस्थापन ब्युरोले अक्टोबर ७ तारिख सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२० सेप्टेम्बर अन्त्यसम्म, चीनको विदेशी विनिमय सञ्चय ३१ खर्ब ४२ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ। सञ्चयमा अगस्त अन्त्यदेखि २२ अर्ब अमेरिकी डलर अर्थात् ०.७ प्रतिशत घटेको छ।

विदेशी विनिमय व्यवस्थापनका उप निर्देशक एवं प्रवक्ता वाङ छुन यिङले सेप्टेम्बरमा चीनको विदेशी विनिमय बजार मूलत: सन्तुलित आपूर्ति र माग र सीमापार पूँजी प्रवाह सामान्यतया स्थिर रहेको बताउनुभयो।

चीनको मिनशङ बैंकका मुख्य अनुसन्धानकर्ता वेन बिनले महामारीले अनिश्चित विश्वव्यापी आर्थिक पुनःरुत्थानको सम्भावना, वित्तीय बजारको अस्थिरता र बढ्दो सीमापारको पूँजी प्रवाहका कारण विदेशी विनिमय सञ्चयको मापनमा मासिक उतार चढाव सामान्य रहेको बताउनु भयो। अर्को चरणमा, चीनको विदेशी विनिमय भण्डार स्थिर रहनेछ। चिनियाँ अर्थव्यवस्था बिस्तारै स्थिर हुँदै थप सकारात्मक सुधारहरू देखा पर्न क्रम जारी छ। समष्टिगत आर्थिक स्थिरता र सुधारले विदेशी विनिमय सञ्चयको स्थिर स्तर कायम राख्नको लागि आधार तयार गर्नेछ।

जानकारी तथा लेखहरु