फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठ-दिनको सुनौलो बिदामा चीनको आर्थिक सुधारमा नयाँ रूप देखिँदै

(GMT+08:00) 2020-10-09 19:23:01

चीनमा राष्ट्रिय दिवस र मध्य शरद चाडको समयमा, चीनको घरेलु उपभोक्ता बजारमा द्रुत सुधार भएको छ। आठ दिन लामो बिदाको समयमा, ६३ करोड ७० लाख घरेलु चिनियाँ पर्यटकहरू यात्रा गरेका छन्। ती पर्यटकबाट चीनले ४ खर्ब ६६ अर्ब ५६ करोड युआनको आन्तरिक राजस्व प्राप्त गरेको छ। विश्वमा अहिले पनि नयाँ कोरोना भाइरस महामारी फैलिरहेको छ। यसले विश्व अर्थतन्त्रलाई नै मन्दीमा फसाएको छ। चीनको राष्ट्रिय दिवस र मध्य शरद चाडबाट विश्वले चीनको आर्थिक सुधार र उज्ज्वल सम्भावना देखेको छ।

एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा करोडौँ आन्तरिक पर्यटक हुनुको मुख्य कारण हरेक व्यक्तिले महामारीसँग लड्न निरन्तर गरेका प्रयासहरू छन्। चीनको यातायात मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर १ देखि ८ तारिखसम्म राष्ट्रिय रेलमार्ग, राजमार्ग, जलमार्ग र हवाइ मार्गबाट प्रत्येक दिन ६ करोड २१ लाख १५ हजार पटक यात्रा भएको छ। ३७ करोड ९० लाख यात्रीहरूले सडक मार्ग प्रयोग गरेका छन्।

उपभोगमा आएको सुधारले चीनको विकास सम्भाव्यता र विश्वास उच्च देखिन्छ। वाणिज्य मन्त्रालयका अनुसार अक्टोबर १ देखि ८ तारिखसम्म चीनभरका प्रमुख खुद्रा तथा खानपान कम्पनीहरूको औसत बिक्री गत वर्षको "अक्टोबर एक" अवधिको तुलनामा ४.९ प्रतिशतले बढेको छ।

अर्थशास्त्री वाङ यिमिङ अनुसार चीनको अर्थतन्त्रले महामारीको तनाव परीक्षणको सामना गरिसकेको छ र यसले महामारीको रोकथाम तथा नियन्त्रण र आर्थिक सुधारमा विश्वको नेतृत्व गरिरहेको छ। यसले कडा लचिलोपन र जीवनशैली देखाउँदैछ।

जानकारी तथा लेखहरु