फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्मा चिनियाँ गरीबी निवारणको अनुभव

(GMT+08:00) 2020-10-09 19:23:57

संयुक्त राष्ट्र संघ मानवाधिकार काउन्सिलको सन् २०२० सामाजिक मञ्च अक्टोबर ८ तारिख स्विट्जरल्याण्डको जेनेभामा खुलेको छ। चीनको राज्य परिषदको गरीबी निवारण कार्यालयका उप निर्देशक छन च काङले सो मञ्चमा पाहुनाको रूपमा एउटा भिडियो मन्तव्य दिँदै चीनको गरीबी निवारणमा अनुभव र उपलब्धिहरु प्रस्तुत गर्नुभयो।

छन च काङले मानवअधिकारको सम्मान र संरक्षण मानवजातिको साझा प्रयास रहेको औँल्याउनुभयो। उहाँले गरिबी निवारण मानव अधिकार संरक्षणको एक महत्वपूर्ण हिस्सा भएको पनि बताउनुभयो। चीनको कम्युनिष्ट पार्टी र चिनियाँ सरकारले जनताको बाँच्न पाउने अधिकार र विकासको अधिकारलाई सँधै प्राथमिकता राखेको बताउँदै गरीवी निवारण मार्फत मानव अधिकारको प्रबर्द्धनका लागि सधैँ प्रतिबद्ध रहेको पनि छनले बताउनुभयो।

छन च काङले ग्राफ, तथ्याङ्क र विशिष्ट उदाहरणसँग मिल्दो गरीबी निवरणमा चीनको राम्रो अभ्यास र अनुभव प्रस्तुत गर्नुभयो। उहाँले सन् २०१२ देखि सन् २०१९ सम्म चीनमा रहेका गरिबहरुको संख्या ९ करोड ८९ लाख ९० हजारबाट घटेर ५५ लाख १० हजारमा पुगेको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु