फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय दिवस विदाबाट चीनको अर्थतन्त्रको लचिलोपन र जैवित शक्ति प्रष्टियो

(GMT+08:00) 2020-10-09 19:27:37

राष्ट्रिय दिवसको लामो विदा अवधिलाई चीनको आर्थिक अवस्थाबारे मूल्याङ्कन गर्ने झ्यालको रूपमा मानिरहेको छ। यहाँ प्रस्तुत अनेकौँ तथ्याङ्कबाट यो राष्ट्रिय दिवसको विदामा चिनियाँहरूको उपभोग उत्साह प्रतिबिम्बित भएको छ। अक्टोबर १ तारिखदेखि ८ तारिखसम्म चीनको खुद्रा बिक्री र रेस्टुरेन्ट उद्योगले १६ खर्ब चिनियाँ युआनको व्यापार गरेको छ। औसत प्रतिदिनको व्यापारिक मात्राको हिसाबले गत वर्षको सोही अवधिको तुलनामान ४.९ प्रतिशत बढेको छ। चिनियाँ पर्यटकको संख्या ६३ करोड ७० लाख पुगेको छ भने आन्तरिक पर्यटन आय ४ खर्ब ६६ अर्ब ५६ करोड चिनियाँ युआन पुगेको छ। चलचित्र बक्स अफिसको आय ३ अर्ब ९५ करोड २० लाख चिनियाँ युआन पुगेको छ भने चलचित्र हेर्ने संख्या १० करोड पुगेको छ। त्यसबारे न्यूयोर्क टाइम्सले टिपण्णी गर्दै हालसम्म महामारीबाट चीन पुनःरूत्थान भएको सबभन्दा स्पष्ट संकेत नै चीनको राष्ट्रिय दिवस विदाका तथ्याङ्कहरू हुन् भन्ने कुरा व्यक्त गरेको छ।

प्रत्यक्ष कारण के हो भने महामारी राम्ररी नियन्त्रित आधारमा चिनियाँ सरकार, व्यवसाय र जनताले मिलेर प्रयास गरी चीन उपभोग बजार यति द्रुत रूपमा पुनःरूत्थान भएको हो। त्यसका लागि चीनका शीर्ष नेतृत्वले निर्देशन गरी महामारीको नियन्त्रण र आर्थिक तथा सामाजिक विकासको संयुक्त विकास गरेको छ।

यसको गहिरो कारण उपभोग बजारको पुनःरूत्थान भएबाट चिनियाँले एकता भएर कठिनाइ जित्ने भावना देखिएको छ। चिनियाँ जनताले संयुक्त प्रयासमा चीनको महामारी विरूद्ध युद्धको ठूलो रणनीतिक उपलब्धि प्राप्त भएको छ। अमेरिकी पत्रिका बारोन्सले केही महिनायता चीनको आर्थिक पुनःरूत्थान नै विश्वको सफल नमूना बनेको भन्दै चीन सरकारको बलियो नेतृत्व र चीन आर्थिक अवस्थाबारे चिनियाँहरूको विश्वास नै चीनको आर्थिक पुनःरूत्थान हुनसक्ने कारणमध्येको एक रहेको प्रकट गरेको छ।

महामारीको कारणले वर्तमान विश्वको आर्थिक अवस्था कमजोर भएको छ। विश्वको दोस्रो ठूलो आर्थिक समूहको रूपमा रहेको चीनको आर्थिक पुनःरूत्थान भएबाट सबैलाई फाइदा पुग्नेछ। एकातिर चीनको उपभोग बजार पुनःरूत्थान भएबाट चीनको घरेलु आर्थिक चक्रलाई बढाउनसकिन्छ भने अर्कातिर चीनको आर्थिक विकासले चिनियाँ तथा अन्तर्राष्ट्रिय दोहोरो चक्रलाई बढाएर विश्व आर्थिक पुनःरूत्थानलाई मद्दत पुर्‍याउन सक्नेछ।

जानकारी तथा लेखहरु