फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ#राष्ट्रिय दिवस र मध्य शरद चाडबाट चीनको आर्थिक सुधार र उज्ज्वल सम्भावना

(GMT+08:00) 2020-10-10 15:15:28

चीनमा राष्ट्रिय दिवस र मध्य शरद चाडको समयमा, चीनको घरेलु उपभोक्ता बजारमा द्रुत सुधार भएको छ। आठ दिन लामो बिदाको समयमा, ६३ करोड ७० लाख घरेलु चिनियाँ पर्यटकहरूले यात्रा गरेका छन्। ती पर्यटकबाट चीनले ४ खर्ब ६६ अर्ब ५६ करोड युआनको आन्तरिक राजस्व प्राप्त गरेको छ। अक्टोबर १ तारिखदेखि ८ तारिखसम्म चीनको खुद्रा बिक्री र रेस्टुरेन्ट उद्योगले १६ खर्ब चिनियाँ युआनको व्यापार गरेको छ। औसत प्रतिदिनको व्यापारिक मात्राको हिसाबले गत वर्षको सोही अवधिको तुलनामान ४.९ प्रतिशत बढेको छ।

यस वर्षको राष्ट्रिय दिवस र मध्य शरद चाड महामारी रोकथाम र नियन्त्रण सामान्य भएपछि पहिलो सुनौलो हप्ता थियो। चीनको घरेलु यातायात, होटल र भोजनालय, दर्शनीय स्थल पर्यटन, मनोरन्जन उद्योगहरू पूर्ण रुपमा संचालन हुन थालेको अनुभव गरिरहेका छन्। पर्यटक, परिवार भ्रमण र अन्य यात्राहरूको बहाव बढ्दो छ।

चीनको रनमिन विश्वविद्यालयको सार्वजनिक प्रशासन स्कुलका प्राध्यापक स्यु क्वाङ च्येनले यात्रा र उपभोग जताततै तातो रहेको तर महामारीको रोकथाम र नियन्त्रण अझै ठोस भएको बताउँदै विशाल जनसंख्याको सुरक्षित र व्यवस्थित प्रवाहले महामारीलाई रोक्न र नियन्त्रण गर्न तथा आर्थिक र सामाजिक विकास गर्न चीनको क्षमतालाई प्रकाश पारेको बताउनुभयो।

हालै विश्व बैंकले जारी गरेको एक रिपोर्ट अनुसार, चीनको आर्थिक बृद्धि दर यस वर्ष २ प्रतिशत हुनेछ। यो पूर्वानुमानभन्दा १ प्रतिशत बढी हो। संयुक्त राष्ट्र संघीय व्यापार र विकास सम्मेलनले पनि हालसालै एक प्रतिवेदन जारी गर्दै यस वर्ष विश्वव्यापी अर्थतन्त्र ४.३ प्रतिशतले संकुचित हुने जनाएको छ। तर चिनियाँ अर्थतन्त्र अझै सकारात्मक बृद्धि हुनेछ। व्यापार र विकासका अधिकारीहरूले चीनले विश्व अर्थतन्त्रको पुन: प्राप्तिका लागि अवसरहरू प्रदान गर्ने र आफ्नै अर्थव्यवस्थाको एक मजबूत रिकभरी हासिल गर्ने बताएका छन्।

जानकारी तथा लेखहरु