फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाली श्रमिक पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवमा सीको बधाइ सन्देश

(GMT+08:00) 2020-10-10 16:46:17
उत्तर कोरियाको श्रमिक पार्टी स्थापना भएको ७५औँ वार्षिकोत्सवमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उत्तर कोरियाली श्रमिक पार्टीका अध्यक्ष किम जुङ उनलाई बधाइ सन्देश पठाउनुभएको छ।

सीले ७५ वर्षयता श्रमिक पार्टीले उत्तरी कोरियाली जनतालाई राष्ट्रिय एकता र जन मुक्तिको व्यवहारमा उतारी समाजवादी कार्यको महान उपलब्धि हासिल गर्न प्रबर्द्धन गरेको भन्दै केही वर्षयता अध्यक्ष किम जुङ उनमा केन्द्रित श्रमिक पार्टीको नेतृत्वमा श्रमिक पार्टी र जनताले समाजवाद बाटोमा अडिग रहेर पार्टीको निर्माण, आर्थिक विकास र बैदेशिक आदन-प्रदान तथा सहयोगलाई बढाएर अनेकौँ महत्वपूर्ण उपलब्धि पाएको बताउनुभयो।

सीले चीन र उत्तर कोरिया मैत्रीपूर्ण छिमेकी मुलुक र कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका समाजवादी मुलुक हुन् भन्दै दुई देश तथा दुई पार्टीका पुराना नेताबाट स्थापित परम्परागत मित्रता अझ दृढ भएको दोहोर्‍याउनुभयो। चीनले उत्तर कोरियासँग मिलेर दुई देश सम्बन्धको राम्ररी संरक्षण गरी दुई देशका समाजवादी कार्यको स्थिर तथा दीर्घकालीन रूपमा विकास हुन बढाउने इच्छा लिएको पनि सीले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु