फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कसरी धनी भए भित्री मंगोलियाका पशुपालक?

(GMT+08:00) 2020-10-10 17:12:18

नारन मन्दाख भित्री मंगोलियाको एतोस शहर हानचिनका एकजना पशुपालक हुन्। गत वर्ष, उनको परिवारको आम्दानी ३० लाख चिनियाँ युआन पुगेको छ।

उनको परिवारमा ५८६ हेक्टर घाँसे मैदान छ। विगतमा, यो घाँस चरनमध्ये धेरैजसो मरुभूमि थिए र गाईवस्तु तथा भेडाहरूका लागि चरन क्षेत्र थिएन। यो चीनको सातौं ठूलो मरुभूमि खुपुछी मरुभूमिको छेउछाउको क्षेत्र हो। हालका वर्षमा त्यहाँ ठूलो परिवर्तन भएको छ।

सन् २०१४ मा, पहिलो पटक हिउँ पर्ने मौसममा पहेँलो नदी खुपुछी मरुभूमिको छेउछाउमा प्रवेश गर्‍यो। सन् २०१८ मा, स्थानीय सरकारले पानी संरक्षण आयोजनाका लागि केन्द्रीय कोषको ६ करोड ५२ लाख ४० हजार युआन प्राप्त गर्‍यो। जसले पानी संरक्षण सुविधाहरूको संजालमा सुधार ल्याएर पहेँलो नदीको पानीको हिस्सा खुपुछी मरुभूमिको तल्लो भागमा मोड्ने काम गर्न सफल भयो। खुपुछी मरुभूमिको "जल पर्यावरण" यसरी गठन गरिएको हो।

हालका वर्षहरूमा, मरुभूमिमा पर्यावरणको सुधार भएको छ र नारन मन्दाखको उत्पादन उद्योग विकसित भएको छ। विगत दुई वर्षमा, यो "सुनौलो स्थान" को अझ राम्रो प्रयोग गर्नको लागि, उनले फार्महाउसलाई पनि चलाएका छन्। उनी विश्वस्त छन् भविष्यमा अझ धेरै कमाई हुनेछ।

जानकारी तथा लेखहरु