फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व खाद्य कार्यक्रमले नोबेल शान्ति पुरस्कार पाएकामा गुटेरेसको बधाइ

(GMT+08:00) 2020-10-10 18:40:45

संयुक्त राष्ट्र संघका महासचिव अन्टोनियो गुटेरेसले अक्टोबर ९ तारिख एक वक्तव्यको प्रकाशित गरी विश्व खाद्य कार्यक्रमले सन् २०२० को नोबेल शान्ति पुरस्कार पाएकोमा बधाइ ज्ञापन गर्नु भएको छ। उक्त कार्यक्रमबाट देखिएको एकताबद्ध भावना वर्तमान विश्वले कोभिड-१९ महामारी र अरू चुनौतिको सामना गर्दा अत्यावश्यक कुरा भएको विचार पनि उहाँले व्यक्त गर्नु भएको छ।

महासचिव गुटेरेसले विश्व खाद्य कार्यक्रमले विश्वमा खाद्य सुरक्षा संकटप्रति प्रतिकृया दिने काम प्राथमिक एकाइ कार्यक्रममा कर्मचारीले जोखिम मोलेर र दुरदराज पुगेर प्रकोपपीडितहरू र खाद्य अभाव भएका बालबालिका तथा परिवारलाई अत्यावश्यक खाद्य पुर्‍याएको जानकारी दिनुभयो।

वक्तव्यका अनुसार, विश्व खाद्य कार्यक्रम राजनीतिक क्षेत्रबाट टाढा रहेर मानवीय चाहनाका आधारमा संयुक्त राष्ट्र संघका सदस्य मुलुक र अरू सबैको सहयोगमा संचालन भएको हो। वर्तमान विश्वलाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र विश्व खाद्य कार्यक्रमबाट देखिएको एकताबद्ध भावना नै वर्तमान विश्वले महामारीलगायत चुनौतिको सामना गर्दा अत्यावश्यक कुरा रहेको विचार पनि उक्त वक्तव्यमा उल्लेख छ।

जानकारी तथा लेखहरु