फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आफ्ना जनतालाई अँध्यारोतिर धकेल्दै अमेरिकी राजनीतिज्ञहरु

(GMT+08:00) 2020-10-10 20:08:41

अमेरिकामा गत एक हप्तामा औसत प्रतिदिन ४६ हजार व्यक्ति नयाँ कोरोना संक्रमिक थपिएका छन् भने दुई हप्ताअघिको तुलनामा १२ प्रतिशत बृद्धि भएको छ। ह्वाइट हाउस पनि महामारीमा परेको छ। अमेरिकी ब्रोट्कास्टिङ कम्पनीका अनुसार, अक्टोबर सात तारिखसम्म अमेरिकी नेतालगायत ह्वाइट हाउमा कोभिड-१९ संक्रमिक संख्या ३४ पुगेको छ। अमेरिकी संक्रमण रोगसम्बन्धी शीर्ष विशेषज्ञ आन्टोनी एस फौसीले ह्वाइट हाउमा कोभिड-१९ भाइरसको सुपर स्प्रेडर गतिबिधि देखिएको प्रमाण गर्नुभयो। त्यसका साथै पेन्टागनमा पनि चेतावनी सुनिएको छ कि तटरक्षकका एक श्रेष्ठ अधिकारीलाई संक्रमण भएको निश्चित गरिएको छ भने अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष मार्क मिल्लीलगायत धेरै जनरलहरू क्वारेन्टाइनमा राखिएका छन्।

ह्वाइट हाउस र पेन्टागनमा संक्रमण देखिएको आकस्मिक अवस्था होइन तर अमेरिकी राजनीतिज्ञले विज्ञान र जनजीवनको सट्टामा राजनीति र निजी हितलाई प्राथमिकतामा राख्दा उक्त अवस्था देखिएको हो। जसले फेरि प्रमाणित भएको छ कि महामारी नियन्त्रण गर्ने उनीहरूको कदम सम्पूर्ण रूपमा विफल भएको छ। नयाँ ङल्याण्ड चिकित्सा पत्रिकाले अक्टोबर ८ तारिख नेतृत्व भ्याकुममा मर्दै शीर्षकमा एउटा टिप्पणी प्रकाशित गरी नेतृत्वको लागि महामारी परीक्षण हो तर अमेरिकी राजनीतिज्ञले यस संकटलाई त्रासदीको रूपमा बनाएको उल्लेख गरेको छ। सोही दिन अमेरिकी राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका पूर्व अधिकारी रिक ब्राइटले वाशिङ्टन पोष्टमा लेख प्रकाशित गरी अमेरिकी सरकारले महामारीलाई राजनीतिकरण बनाएबाट हजारौँ अमेरिकी कोभिड-१९ संक्रमण भएर मृत्यु भएको भन्दै आलोचना गर्नुभएको छ।

अमेरिकी सिकागो विश्वविद्यालयको सार्वजनिक नीति स्कुल र एपीबाट संयुक्त रूपमा आयोजित जनमत सर्वेक्षणका अनुसार, ५६ प्रतिशत अमेरिकी सर्वसाधारणले वर्तमान अमेरिकामा देखिएको महामारीको जिम्मा लिनुपर्ने विचार व्यक्त गरेका छन्। रोइटर्स र इप्सोसद्वारा गरिएको सर्वेक्षणमा, एक हजार अमेरिकी वयस्कमध्ये ५५ प्रतिशत उत्तरदाताले महामारी सम्बन्धी ह्वाइट हाउसको सूचनालाई अविश्वास गरेका छन् भने ५७ प्रतिशतले महामारीको नियन्त्रण गर्ने सरकारको कदमलाई अस्वीकार गरेका छन्। त्यसैगरी ६५ प्रतशितले यदि सरकारले महामारीमाथि अरू गम्भीर रूपमा ध्यान दिएको भए राष्ट्रपति ट्रम्पलाई संक्रमण नहुने विचार व्यक्त गरेका छन्। विश्वलाई सबभन्दा चिन्ता लागेको कुरा के हो भने अमेरिकामाथि विश्व महामारी नियन्त्रण र आर्थिक पुनःरूत्थानका लागि सबभन्दा ठूलो दबाव रहेको छ।

अमेरिकी जनताका लागि साँच्चिकै अँध्यारो समय आइपुगेको छैन। अमेरिका संक्रमण रोगसम्बन्धी शीर्ष विशेषज्ञ फौसीले चेतावनी दिनुभयो कि चिसो याममा महामारीको नियन्त्रण नगरेमा त्यसबाट मृत्यु हुने अमेरिकीको संख्या ४ लाख पुग्नेछ।

जानकारी तथा लेखहरु