फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ#अमेरिकी सरकारको भन्सार कर दुरुपयोगबाट आफ्नै व्यवसायी मारमा

(GMT+08:00) 2020-10-11 15:16:53

न्यूयोर्कमा रहेको अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले पक्षापातपूर्ण काम गरेको देखिन्छ। व्यापार मुद्दाको सबैभन्दा महत्वपूर्ण संस्थाको रुपमा यस अदालयले सामान्य रुपमा प्रतिवर्ष तीन सयभन्दा बढी मुद्दाको समाधान गर्न आवश्यक छ। तापनि हाल केही हप्तामा अमेरिकी सरकारलाई अभियोग लगाएका तीन हजारभन्दा बढी व्यापार मुद्दा यस अदालयमा पेश गरिएका छन्। यी अमियोगकर्तामध्ये कोकाकोला,टेस्ला लगायत ठूला अन्तर्राष्ट्रिय कम्पनी र विनिर्माण व्यवसाय रहेका छन्। विभिन्न उद्योगबाट आएका यी व्यवसायसँग एक साझा उद्देश्य रहेको छ भने अमेरिकी सरकारले चीनमाथि थप भन्सार कर असुलेकोमा अभियोग गर्नु भन्ने हो।

अमेरिकाको एचएमटीएक्स उद्योगहरू यस अभियोग लहरको शुरुवात हुन्। उच्च स्तरीय फ्लोर कार्पेट उत्पादन गर्ने एचएमटीएक्स उद्योगहरूले यस वर्षको सेप्टेम्बर १० तारिख अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालयसमक्ष अमेरिकी सरकारलाई अभियोग लगाएको पत्र पेश गरेका थिए। सो अभियोग पत्रमा भन्सार कर असुल्ने"चेकलिस्ट नम्बर ३"लाई स्थायी रुपमा निषेध गर्नुका साथै अमेरिकी सरकारले भन्सार कर असुलेबाट आफ्नो व्यवसायमाथि सिर्जना गरिएको घाटाको क्षतिपूर्ति दिनुपर्ने आग्रह रहेको छ। "चेकलिस्ट नम्बर ३"का अनुसार सन् २०१८ को सेप्टेम्बरदेखि अमेरिकाले चीनबाट आयातित दुई खर्ब अमेरिकी डलरको मालसामानका लागि थप भन्सार कर असुल्ने छ। सन् २०१९ सम्म त्यो थप भन्सार कर १० देखि २५ प्रतिशतसम्म बढेको देखिन्छ। यस थप भन्सार कर नामसूचिसँग ५७४५ वस्तुहरू रहेका छन्। यसमध्येको भिनाइल फ्लोर कार्पेट एचएमटीएक्स उद्योगहरूको मुख्य उत्पादन बस्तु हो। सन् २०१८ अमेरिकामा भिनाइल फ्लोर कार्पेट बजारको परिमाण तीन अर्ब अमेरिकी डलर बराबर छ। एचएमटीएक्स उद्योगहरूले यस बजारको मुख्य सेयर लिएको छ भने प्रतिवर्षमा २५ प्रतिशतको बृद्धि दरले विकसित भैरहेको छ। चीन नै मुख्य स्रोतको रुपमा यस कम्पनीको फ्लोर कार्पेटको उत्पादनका लागि चालीस वर्षसम्म स्रोत प्रदान गरेको छ। भन्सार कर असुलेसँगै खरिद लागतलाई बढाउने भावार्थ छ। तापनि यस कम्पनीले सहन नसक्ने यस बढ्दो लागत उपभोक्ताले बहन गर्नुपर्छ।

कानुनी प्रणालीको प्रचारप्रसार गर्ने अमेरिकामा सरकारी संस्था र राजनीतिज्ञहरुले स्वदेशी कानुनको हिंसात्मक उल्लङ्घन गरेको देखिन्छ। जसबाट हेर्दा अमेरिकाका धेरैजसो कानुन केही समूहको राजनीतिक लक्ष्य पूरा गर्नका लागि तयार गरिएको भनाइ मात्रै हो। परिस्थिति परिवर्तन भएर यी कानुन काम नलाग्ने भन्ने सोचेर ती राजनीतिज्ञहरुले कानुनलाई उल्लङ्घन गर्नुका साथै स्वदेशी तथा विदेशी जनताको हितलाई विचारमा राखेको छैनन्।

हाल तीन हजारभन्दा बढी अमेरिकी व्यवसायहरुले आगाडी उभिएर अमेरिकी सरकारको विरोध गरेका छन्। भविष्यमा कति वटा हुने छ त?

 

जानकारी तथा लेखहरु