फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मौसम विज्ञानमा शक्तिशाली मुलुकको निर्माण गर्न प्रधानमन्त्रि लीको निर्देशन

(GMT+08:00) 2020-10-11 18:19:06

चीनको फङयुन मौसम विज्ञान उपग्रह कार्य सुरू भएको ५० औँ वार्षिकोत्सवका सुअवसरमा अक्टोबर १० तारिख पैचिङमा एक गोष्ठीको आयोजना भएको छ। सो अवसरमा चीनका प्रधानमन्त्री ली खछ्याङले फङयुन मौसम विज्ञान उपग्रह चीनको महत्वपूर्ण अन्तरिक्ष पूर्वाधार रहेको भन्दै मौसम विज्ञान आधुनिकिकरण भएको महत्वपूर्ण चिन्ह पनि रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री लीले ५० वर्षयता चीनका मौसम विज्ञान स्टाफ र एयरस्पेस स्टाफले मिलेर चीनको सिभिल रिमोट सेन्सिंग उपग्रहको उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। सी चिन फिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवाद विचारको निर्देशनमा राष्ट्रिय ठूलो रणनीति र आर्थिक तथा सामाजिक विकासको नयाँ चाहनामा केन्द्रित भएर मौसम विज्ञानको शक्तिशाली मुलुकको निर्माण गर्न र प्रकोपको प्रतिरोध, नियन्त्रण तथा उद्धार गर्ने क्षमतालाई बढाउन द्रुत पार्नुपर्ने पनि उहाँले दोहोर्‍याउनुभयो।

चीनको उप-प्रधानमन्त्री हु छुनह्वाले महासचिव सी चिनफिङको महत्वपूर्ण निर्देशनको गहिरो रूपमा पालना गरी प्रधानमन्त्री ली खछ्याङको आग्रहलाई व्यवहारमा उतारेर फङयुन मौसम विज्ञान उपग्रह कार्यको उच्च गुणस्तरीय विकासलाई बढाइ समाजवादको आधुनिक मुलुकको निर्माण गर्न बलियो मौसम विज्ञान संरक्षण प्रदान गर्नुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु