फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच करोड भन्दा बढी गरिबहरु गरिबीबाट मुक्त

(GMT+08:00) 2020-10-11 18:39:10

"तेह्रौं पञ्चवर्षीय योजना" अवधिमा चीनका ५ करोडभन्दा बढी ग्रामीण गरिब जनता पूर्ण रुपमा गरिबीबाट मुक्त भएका छन्। सन् २०१६ मा चीनमा गरीबी दर ४.५ प्रतिशत थियो भने सन् 2019 मा त्यो घटेर ०.६ प्रतिशतमा झरेको थियो। चालु वर्ष समग्र क्षेत्रमा गरीबी समूल उन्मुलन हुँदैछ।

"तेह्रौँ पञ्चवर्षीय योजना" अवधिमा चीनमा गरीबहरूको आम्दानीमा ठूलो वृद्धि भएको छ। राष्ट्रिय गरीबी जनसंख्या ब्युरोको तथ्याङ्क अनुसार गरिब जनसंख्याको प्रतिव्यक्ति आय सन् २०१६ मा ४१४२ युआनबाट बढेर सन् २०१९ मा ९०५७ युआन पुगेको छ। आयको औसत वार्षिक वृद्धि ३० प्रतिशत पुगेको छ। चीनमा गरिबहरूको आय संरचना अझ अनुकूलित गरिएको छ र आफैँमा गरीबीबाट बच्न सक्ने क्षमता निरन्तर सुधारिएको छ।

चालु वर्ष गरीबी निवारणको व्यापक लक्ष्य पूरा भएपछि चीनले सन् २०३० दिगो विकासका लागि संयुक्त राष्ट्र संघ एजेन्डाको गरीबी निवारण लक्ष्य १० बर्ष अघि प्राप्त गर्दैछ।

जानकारी तथा लेखहरु